यो पोष्टर अपाङ्गता समावेशी जनगणना सम्बन्धि सचेतनाका लागि बनाईएको हो। यसमा जनगणनामा अपाङ्गता भएका व्यक्ति छुट्नु हुँदैन भन्ने सन्देश समेटिएको छ । पोष्टरको माथिल्लो भागमा ठुलो अक्षरमा "मेरो गणना, मेरो सहभागिता" लेखिएको छ त्यसैको छेउमा नेपालको झण्डा छ । त्यसपछी गोलो आकारमा साना अक्षरमा "जनगणनामा अपाङ्गता सहभागिता महत्वपर्ण छ । राष्ट्रिय जनगणना २०७८" लेखिएको छ। त्यसैको बाहिरपट्टि "राष्ट्रिय अपाङ्ग महासंघ नेपाल" लेखिएको छ। यस पोष्टरमा विशेष गरी दुई प्रकारका रंगिन चित्रहरू छन् । पहिलोमा नेपालको नक्शा छ जसमा विभिन्न जातजाति, लिङ्ग, संस्कृति झल्किने भेषभुषामा सजिएका नेपाली महिला परुषहरुको चित्र रहेको छ । उक्त नेपालको नक्साको मुनिपट्टी दोस्रो चित्र छ जसमा विभिन्न प्रकारका अपाङ्गता भएका व्याक्तिहरू, अभिभावक सहित चार महिला र पाँच पुरुष गरी जम्मा नौ जना व्यक्तिहरुको चित्र रहेकोछ । उनीहरूले ह्वीलचियर, वैशाखी, सेतो छडी जस्ता विभिन्न सहायक सामाग्रीको प्रयोग गरेका छन् । ति व्यक्तिहरूले जनगणनामा अपाङ्गता समावेशी र सहभागिताका लागि जनचेतना जगाउन विभिन्न नारा लेखिएका प्लेकार्डहरू बोकेर नारा लगाइरहेका छन् । प्लेकार्डमा लेखिएका नाराहरू यस प्रकार छन् । • मेरो सहभागिता महत्वपर्ण छ • जनगणना मेरो पनि उत्सव हो • ‍अपाङ्गता समावेशि जनगणना हामी सबैको चाहना • मेरो लागि योजना राष्ट्रिय जनगणजनाको आयोजना • हामी छुट्ने हौं की ? • मेरो सहभागिता महत्वपर्ण छ • राष्ट्रिय जनगणना मेरो पनि जनगणना • मेरो गणना मेरो सहभागिता • प्रत्येक व्याक्तिको गणना राष्ट्रिय जनगणना चित्रको सबै भन्दा तल देब्रेतिर राष्ट्रिय अपाङ्ग महासंघ, त्यसपछि केन्द्रिय तथ्याङ्क विभाग र त्यसपछि दाहिनेतिर क्रमश परीयोजना साझेदार डिपिओडि डेनमार्क र एफएफओ नर्वेको लोगो रहेको छ।

Similar Posts

  • Republished: Call for Proposal : Access Audit

    National Federation of the Disabled Nepal (NFDN) is national umbrella organization of persons with disabilities representing 336 member organizations throughout the country. NFDN…

  • प्रेश विज्ञप्ती

    ०७९/०८०/०२ प्रेश बिज्ञप्ती सामाजिक संजाल र विभिन्न निकायहरुबाट राष्ट्रिय अपाङ्ग महासंघ नेपालसँग जोडिएर दुर्व्यहारका सन्दर्भमा प्रेषित भनाई,टिप्पणीहरु र चासोप्रति महासंघको ध्यानाकर्षण भएको छ…

  • Vacancy Announcement for Province Project Officer

    National Federation of the Disabled Nepal (NFDN) is the national umbrella organization of persons with disabilities representing more than 331 member organizations throughout…

  • अपाङ्गता समावेशी विकास सम्बन्धी २ दिने तालिम सम्पन्न

    राष्ट्रिय अपाङ्ग महासंघ नेपालले केन्द्रीय समिति, क्षेत्रीय समिति, जिल्ला समिति र उपत्यका वाहिर र भित्रका अपाङ्गता भएका व्यक्तिका संस्थाका प्रतिनिधिहरूका लागि अपाङ्गता समावेशी…