यो पोष्टर अपाङ्गता समावेशी जनगणना सम्बन्धि सचेतनाका लागि बनाईएको हो। यसमा जनगणनामा अपाङ्गता भएका व्यक्ति छुट्नु हुँदैन भन्ने सन्देश समेटिएको छ । पोष्टरको माथिल्लो भागमा ठुलो अक्षरमा "मेरो गणना, मेरो सहभागिता" लेखिएको छ त्यसैको छेउमा नेपालको झण्डा छ । त्यसपछी गोलो आकारमा साना अक्षरमा "जनगणनामा अपाङ्गता सहभागिता महत्वपर्ण छ । राष्ट्रिय जनगणना २०७८" लेखिएको छ। त्यसैको बाहिरपट्टि "राष्ट्रिय अपाङ्ग महासंघ नेपाल" लेखिएको छ। यस पोष्टरमा विशेष गरी दुई प्रकारका रंगिन चित्रहरू छन् । पहिलोमा नेपालको नक्शा छ जसमा विभिन्न जातजाति, लिङ्ग, संस्कृति झल्किने भेषभुषामा सजिएका नेपाली महिला परुषहरुको चित्र रहेको छ । उक्त नेपालको नक्साको मुनिपट्टी दोस्रो चित्र छ जसमा विभिन्न प्रकारका अपाङ्गता भएका व्याक्तिहरू, अभिभावक सहित चार महिला र पाँच पुरुष गरी जम्मा नौ जना व्यक्तिहरुको चित्र रहेकोछ । उनीहरूले ह्वीलचियर, वैशाखी, सेतो छडी जस्ता विभिन्न सहायक सामाग्रीको प्रयोग गरेका छन् । ति व्यक्तिहरूले जनगणनामा अपाङ्गता समावेशी र सहभागिताका लागि जनचेतना जगाउन विभिन्न नारा लेखिएका प्लेकार्डहरू बोकेर नारा लगाइरहेका छन् । प्लेकार्डमा लेखिएका नाराहरू यस प्रकार छन् । • मेरो सहभागिता महत्वपर्ण छ • जनगणना मेरो पनि उत्सव हो • ‍अपाङ्गता समावेशि जनगणना हामी सबैको चाहना • मेरो लागि योजना राष्ट्रिय जनगणजनाको आयोजना • हामी छुट्ने हौं की ? • मेरो सहभागिता महत्वपर्ण छ • राष्ट्रिय जनगणना मेरो पनि जनगणना • मेरो गणना मेरो सहभागिता • प्रत्येक व्याक्तिको गणना राष्ट्रिय जनगणना चित्रको सबै भन्दा तल देब्रेतिर राष्ट्रिय अपाङ्ग महासंघ, त्यसपछि केन्द्रिय तथ्याङ्क विभाग र त्यसपछि दाहिनेतिर क्रमश परीयोजना साझेदार डिपिओडि डेनमार्क र एफएफओ नर्वेको लोगो रहेको छ।

Similar Posts

  • परियोजनाका विभिन्न संरचनामा रहेर काम गर्ने सदस्यहरूको आवश्यकता सम्बन्धी सूचना

    राष्ट्रिय अपाङ्ग महासंघ नेपाल देशैभरी छरिएर रहेका अपाङ्गता भएका व्यक्तिको हक अधिकारको संरक्षण गर्न वि. स.२०५० सालदेखि निरन्तर कृयाशिल एकमात्र राष्ट्रिय छाता संस्था हो । यस संस्थाले नीति निर्माणमा अपाङ्गता भएका व्यक्तिका सवालहरूलाई समावेश गराउन र बनेका नीतिहरूको कार्यान्वयन गराउनको लागि विशेष भूमिका खेल्दै आएको छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपालले पछिल्लो समयमा अपाङ्गता समावेशी विकास, निर्णय प्रक्रियामा अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्व सुनिश्चित गर्न, सदस्य सँस्थाहरु (DPOs) र अन्य सरोकारवालाहरुको क्षमता विकास, CRPD को कार्यान्वयनमा काम गरिरहेको छ ।

  • कर्मचारी छनौट गरिएको सूचना

    राष्ट्रिय अपाङ्ग महासंघ नेपालको तर्फबाट मिति २०७६ असार १३ (२८ जुन २०१९) मा अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकमा र महासंघको आधिकारिक वेवसाइट मार्फत प्रकाशित…

  • Call for Applications: Accessibility Media Fellowship

      यो सामाग्रीलाई नेपालीमा पढ्नुहोस् National Federation of the Disabled, Nepal (NFDN) invites applications from interested journalists to apply for Accessibility Media Fellowship…

  • आपूर्तिकर्ता, सेवा प्रदायक तथा प्राविधिक विज्ञ सूचिकरण (रोस्टर दर्ता) कालागि समय अवधि थप गरिएको सूचना

    वस्तु, सेवा तथा परामर्शदाताहरूको पूर्व-योग्यता (Pre-Qualification) सूची स्थापना सम्बन्धी सार्वजनिक सूचना सूचना नं.: NFDN-321/2082/83 अन्तिम मितिमा नेपाल समय अनुसार साँझ ५:०० बजेभित्र आवेदन…