यो पोष्टर अपाङ्गता समावेशी जनगणना सम्बन्धि सचेतनाका लागि बनाईएको हो। यसमा जनगणनामा अपाङ्गता भएका व्यक्ति छुट्नु हुँदैन भन्ने सन्देश समेटिएको छ । पोष्टरको माथिल्लो भागमा ठुलो अक्षरमा "मेरो गणना, मेरो सहभागिता" लेखिएको छ त्यसैको छेउमा नेपालको झण्डा छ । त्यसपछी गोलो आकारमा साना अक्षरमा "जनगणनामा अपाङ्गता सहभागिता महत्वपर्ण छ । राष्ट्रिय जनगणना २०७८" लेखिएको छ। त्यसैको बाहिरपट्टि "राष्ट्रिय अपाङ्ग महासंघ नेपाल" लेखिएको छ। यस पोष्टरमा विशेष गरी दुई प्रकारका रंगिन चित्रहरू छन् । पहिलोमा नेपालको नक्शा छ जसमा विभिन्न जातजाति, लिङ्ग, संस्कृति झल्किने भेषभुषामा सजिएका नेपाली महिला परुषहरुको चित्र रहेको छ । उक्त नेपालको नक्साको मुनिपट्टी दोस्रो चित्र छ जसमा विभिन्न प्रकारका अपाङ्गता भएका व्याक्तिहरू, अभिभावक सहित चार महिला र पाँच पुरुष गरी जम्मा नौ जना व्यक्तिहरुको चित्र रहेकोछ । उनीहरूले ह्वीलचियर, वैशाखी, सेतो छडी जस्ता विभिन्न सहायक सामाग्रीको प्रयोग गरेका छन् । ति व्यक्तिहरूले जनगणनामा अपाङ्गता समावेशी र सहभागिताका लागि जनचेतना जगाउन विभिन्न नारा लेखिएका प्लेकार्डहरू बोकेर नारा लगाइरहेका छन् । प्लेकार्डमा लेखिएका नाराहरू यस प्रकार छन् । • मेरो सहभागिता महत्वपर्ण छ • जनगणना मेरो पनि उत्सव हो • ‍अपाङ्गता समावेशि जनगणना हामी सबैको चाहना • मेरो लागि योजना राष्ट्रिय जनगणजनाको आयोजना • हामी छुट्ने हौं की ? • मेरो सहभागिता महत्वपर्ण छ • राष्ट्रिय जनगणना मेरो पनि जनगणना • मेरो गणना मेरो सहभागिता • प्रत्येक व्याक्तिको गणना राष्ट्रिय जनगणना चित्रको सबै भन्दा तल देब्रेतिर राष्ट्रिय अपाङ्ग महासंघ, त्यसपछि केन्द्रिय तथ्याङ्क विभाग र त्यसपछि दाहिनेतिर क्रमश परीयोजना साझेदार डिपिओडि डेनमार्क र एफएफओ नर्वेको लोगो रहेको छ।

Similar Posts

  • समावेशी शिक्षा सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम (MTOT) सम्पन्न

    राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आयोजना तथा माईराईटसँगको साझेदारीमा समावेशी शिक्षा सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम (MTOT) मिति २०७८ साल असोज १९- २१ गतेसम्म उदयपुरको गाईघाटमा सम्पन्न भएको छ । बालबालिकाको रुचि, क्षमता र वैयक्तिक आवश्यकताका आधारमा अपाङ्गता भएका बालबालिकाहरुलाई सुहाउँदो शिक्षा अरू बालबालिकासँगै उपलब्ध गराउने कार्य समावेशी शिक्षा हो । शिक्षा पाउनु सबै बालबालिकाको नैसर्गिक अधिकार हो ।  नेपालको संविधान (२०७२) को धारा ३१ ले यो अधिकारलाई स्थापित गरेको छ । सबै वर्ग र क्षेत्रका बालबालिकाको सामाजिक न्याय, पहुँच र प्रतिनिधित्वका लागि समावेशी शिक्षाको सवाललाई संघदेखि प्रदेश र स्थानीय तहसम्म पुर्याउन अधिकारकर्मीहरुलाई अझै सकृय बनाउनु यस तालिमको प्रमुख उद्देश्य रहेको छ । उक्त तालिम अपाङ्गता अधिकारमा लामो समयदेखि अपाङ्गता भएका व्यक्तिहरुद्वारा संचालित संस्थाका क्रियाशिल ३८ जना अधिकारकर्मीहरुलाई  प्रदान गरिएको थियो ।

  • सवारी साधन खरिद सम्बन्धी बोलपत्र आब्हानको सूचना

    सवारी साधन खरिद सम्बन्धी बोलपत्र आब्हानको सूचना प्रकाशन मिति २०७६/११/०२ राष्ट्रिय अपाङ्ग महासंघ नेपाललाई कार्यालय प्रयोजनका लागि सवारी साधनको आवश्यकता परेको हुनाले देहायबमोजिमको…

  • सिलबन्दी बोलपत्र आव्हानको सूचना

    राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बाट तपसिल बमोजिमका कार्यहरु सिलबन्दी बोलपत्र प्रकृयाबाट गराउनु पर्ने भएकोले नेपाल सरकारबाट इजाजत प्राप्त योग्य इच्छुक निर्माण व्यवसायीबाट आफ्नो…

  • पहुँचयुक्तताको रुजु सूची

    कुनै पनि व्यक्तिको आफ्नो समाजमा स्वावलम्वी, स्वतन्त्र तथा स्वाभिमानपूर्वक जीवनयापन गर्न पाउने नैसर्गिक अधिकार हुन्छ । स्वतन्त्रता, सुविधा र सुरक्षाका लागि अवरोधमुक्त वातावरण…

  • Checklist for Accessibility Audit

    Barrier free environment is inevitable to all for independence, convenience and safety. It must be accessible to fulfill needs of those people equally…

  • अपाङ्गता भएका व्यक्तिहरुको सवालमा भर्चुअल अन्तर्क्रिया

    कोरोनाको महामारीको संकटमा अपाङ्गता भएका व्यक्तिहरुको अधिकारको अवस्था र दिगो विकासका लक्ष्यहरुका सवालहरुमा भचुअल माध्यमबाट साक्षत्कार गर्ने उद्देश्यले राष्ट्रिय मानव अधिकार आयोगको आयोजना र राष्ट्रिय अपाङ्ग महासंघ नेपालको समन्वयमा मिति  २०७८/०१/३१ मा सरकारी तथा गैरसरकारी सरोकारवाला निकायहरुबीच अन्तरकृया/छलफल कार्यक्रम सम्पन्न भएको छ ।

    आयोगका माननीय सदस्य सूर्य ढुङ्गेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा आयोगका माननीय सदस्यहरु, केन्द्रिय तथा प्रदेश संचरनाका विभिन्न व्यक्तित्वहरु, गृहमन्त्रालय राष्ट्रिय आपतकालिन कार्य संचालन केन्द्र, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, गृह मन्त्रालय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, अपाङ्गताको अधिकार प्रर्वद्धन शाखा, स्वास्थ्य सेवा विभाग,राष्ट्रिय समावेशी आयोग सहितका प्रतिनिधिहरुको उल्लेखिय उपस्थिति रहनुभएको थियो । यसै गरी राष्ट्रिय अपाङ्ग महासंघका संघीय तथा प्रादेशिक संरचनाका पदाधिकारी तथा सदस्यहरु, अपाङ्गताको अधिकारको क्षेत्रमा काम गर्ने मानव अधिकारकर्मी, वर्गीय संघ संस्थाहरु, नागरिक समाज तथा संचारकर्मीहरुसहित करिब १९५ जनाको सकृय सहभागिता रहेको थियो ।