यो पोष्टर अपाङ्गता समावेशी जनगणना सम्बन्धि सचेतनाका लागि बनाईएको हो। यसमा जनगणनामा अपाङ्गता भएका व्यक्ति छुट्नु हुँदैन भन्ने सन्देश समेटिएको छ । पोष्टरको माथिल्लो भागमा ठुलो अक्षरमा "मेरो गणना, मेरो सहभागिता" लेखिएको छ त्यसैको छेउमा नेपालको झण्डा छ । त्यसपछी गोलो आकारमा साना अक्षरमा "जनगणनामा अपाङ्गता सहभागिता महत्वपर्ण छ । राष्ट्रिय जनगणना २०७८" लेखिएको छ। त्यसैको बाहिरपट्टि "राष्ट्रिय अपाङ्ग महासंघ नेपाल" लेखिएको छ। यस पोष्टरमा विशेष गरी दुई प्रकारका रंगिन चित्रहरू छन् । पहिलोमा नेपालको नक्शा छ जसमा विभिन्न जातजाति, लिङ्ग, संस्कृति झल्किने भेषभुषामा सजिएका नेपाली महिला परुषहरुको चित्र रहेको छ । उक्त नेपालको नक्साको मुनिपट्टी दोस्रो चित्र छ जसमा विभिन्न प्रकारका अपाङ्गता भएका व्याक्तिहरू, अभिभावक सहित चार महिला र पाँच पुरुष गरी जम्मा नौ जना व्यक्तिहरुको चित्र रहेकोछ । उनीहरूले ह्वीलचियर, वैशाखी, सेतो छडी जस्ता विभिन्न सहायक सामाग्रीको प्रयोग गरेका छन् । ति व्यक्तिहरूले जनगणनामा अपाङ्गता समावेशी र सहभागिताका लागि जनचेतना जगाउन विभिन्न नारा लेखिएका प्लेकार्डहरू बोकेर नारा लगाइरहेका छन् । प्लेकार्डमा लेखिएका नाराहरू यस प्रकार छन् । • मेरो सहभागिता महत्वपर्ण छ • जनगणना मेरो पनि उत्सव हो • ‍अपाङ्गता समावेशि जनगणना हामी सबैको चाहना • मेरो लागि योजना राष्ट्रिय जनगणजनाको आयोजना • हामी छुट्ने हौं की ? • मेरो सहभागिता महत्वपर्ण छ • राष्ट्रिय जनगणना मेरो पनि जनगणना • मेरो गणना मेरो सहभागिता • प्रत्येक व्याक्तिको गणना राष्ट्रिय जनगणना चित्रको सबै भन्दा तल देब्रेतिर राष्ट्रिय अपाङ्ग महासंघ, त्यसपछि केन्द्रिय तथ्याङ्क विभाग र त्यसपछि दाहिनेतिर क्रमश परीयोजना साझेदार डिपिओडि डेनमार्क र एफएफओ नर्वेको लोगो रहेको छ।

Similar Posts

  • सूचना!

    राष्ट्रिय अपाङ्ग महासंघ नेपाल र सिबिएम ग्लोबलसँगको साझेदारीमा संचालित “हामीलाई पनि समावेश गर” परियोजना अन्तर्गत प्रदेश २ को सदरमुकाम र वरिपरी जिल्लामा रहेको…

  • वकालत तथा पैरवीका लागि स्थानिय OPD’s हरु सँग साझेदारी कार्यक्रमका लागि सुचना

    राष्ट्रिय अपाङ्ग महासंघ नेपाल देशैभरी छरिएर रहेका अपाङ्गता भएका व्यक्तिको हक अधिकारको संरक्षण गर्न वि. स.२०५० सालदेखि निरन्तर कृयाशिल एकमात्र राष्ट्रिय छाता संस्था…

  • अपाङ्गता भएका व्यक्तिहरूको राजनैतिक अधिकारका लागि महासंघद्वारा सर्वोच्च अदालतमा मुद्दा दायर

    अपाङ्गता भएका ब्यक्तिहरुको राजनैतिक अधिकार प्राप्तिको लागि २०७४ असोज २२ गते राष्ट्रिय अपाङ्ग महासंघ नेपालको तर्फबाट सर्वोच्च अदालतमा रिट दायर भएको छ ।…

  • एन्टी हेमोफेलिक फ्याक्टर खरिद सम्बन्धी बोलपत्र आब्हानको सूचना

    प्रदेश नं १ मा रहेका हेमोफिलिया अपाङ्गता भएका व्यक्तिहरुको जिवन रक्षाको लागि अत्यावश्यक रक्ततत्व एन्टी हेमोफिलिक फ्याक्टर (Anti-hemophilic Factor VIII & IX) खरिद गर्नुपर्ने भएको हुनाले राष्ट्रिय अपाङ्ग महासंघ नेपाल प्रदेश नम्वर १ बिराटनगरस्थित कार्यालयले देहाय बमोजिमको विस्तृत प्राविधिक विवरण भएको Factor VIII and Factor IX आपूर्ति गर्नको लागि आयकर र मूल्य अभिवृद्धि करमा दर्ता भएका र औषधी व्यवस्था विभागबाट उक्त फ्याक्टर आपूर्ति गर्ने इजाजत प्राप्त फर्म वा कम्पनीहरुबाट यो सूचना प्रकाशित भएको मितिले ७  दिन भित्र हुनेगरी तपसिलका शर्तहरुको अधिनमा रही शिलबन्दी बोलपत्र आह्वान गरिएको छ ।

  • Re-Vacancy at NFDN

    National Federation of the Disabled Nepal (NFDN) is the national umbrella organization of persons with disabilities representing more than 330 member organizations throughout the country. NFDN has been working for promoting the rights of persons with disabilities by contributing for disability inclusive development, ensuring representation of persons with disabilities in decision making process, capacity building of Disabled Peoples’ Organizations (DPOs) and other stakeholders, implementation of CRPD and disability specific national legal frameworks and awareness raising on disability rights. As the representative of most marginalized community NFDN is recognized as the pioneer and facilitator for bringing disability related policies and laws in Nepal.

  • कोभिड -१९ महामारी वाट प्रभावित अपाङ्गता भएका व्यक्तिको आवस्यकता पहिचान-अन्तरक्रिया तथा रणनीति तयार

    मिति २०७७ मङ्सिर २७ र २८ गते काभ्रेको बनेपा र मिति २०७७ मङ्सिर २९ र ३० गते सिन्धुपाल्चोकको चौतारामा कोभिड -१९ महामारी वाट…