Similar Posts

  • राष्ट्रिय जनगणना २०७८ का राष्ट्रिय प्रशिक्षकहरु संग अपाङ्गताको सवाल विषयक कार्यशाला सम्पन्न

    मिति २०७७- १०-०८ मलाई गणना गर , हामीलाई समाबेश गर भन्ने मुल नाराका साथ सम्पन्न हुन गइ रहेको राष्ट्रिय जनगणना २०७८ का राष्ट्रिय…

  • निशुल्क आँखा उपचार सम्बन्धमा

    ”समावेशी विकासका लागि रूपान्तरित समाधानः पहुँचयुक्त र समतामुलक विश्वका लागि उर्जावान सिर्जनशिलताको प्रावधान” भन्ने मूल नाराका साथ  देशब्यापी रुपमा अपाङ्गता भएका व्यक्तिहरुको ३१…

  • प्रमुख उद्देश्यहरू, अपेक्षित उपलब्धिहरू र पुस्तकको प्रयोग (Objectives, Expected Outcomes and Use of Resource Book)

    प्रमुख उद्देश्यहरू : क) अपाङ्गता भएका व्यक्ति तथा उनीहरूका अभिभावकलाई राज्य तथा गैरसरकारी क्षेत्रबाट प्रदान गरिएका सेवा, सुविधा, अवसर र यससँग सम्बन्धित कानुनी…

  • सि.आर.पि. डि अनुगमन औजार (Tools) को मस्यौदामा पृष्ठपोषण कार्यशाला

    नेपालमा अपाङगता भएका व्यक्तिहरुका लागि अधिकार ऐन, कानुन , नीति सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी दस्तावेजहरु बनेको छ । अपाङगता भएका व्यक्तिहरुको अधिकार…

  • समावेशी शिक्षा सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम (MTOT) सम्पन्न

    राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आयोजना तथा माईराईटसँगको साझेदारीमा समावेशी शिक्षा सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम (MTOT) मिति २०७८ साल असोज १९- २१ गतेसम्म उदयपुरको गाईघाटमा सम्पन्न भएको छ । बालबालिकाको रुचि, क्षमता र वैयक्तिक आवश्यकताका आधारमा अपाङ्गता भएका बालबालिकाहरुलाई सुहाउँदो शिक्षा अरू बालबालिकासँगै उपलब्ध गराउने कार्य समावेशी शिक्षा हो । शिक्षा पाउनु सबै बालबालिकाको नैसर्गिक अधिकार हो ।  नेपालको संविधान (२०७२) को धारा ३१ ले यो अधिकारलाई स्थापित गरेको छ । सबै वर्ग र क्षेत्रका बालबालिकाको सामाजिक न्याय, पहुँच र प्रतिनिधित्वका लागि समावेशी शिक्षाको सवाललाई संघदेखि प्रदेश र स्थानीय तहसम्म पुर्याउन अधिकारकर्मीहरुलाई अझै सकृय बनाउनु यस तालिमको प्रमुख उद्देश्य रहेको छ । उक्त तालिम अपाङ्गता अधिकारमा लामो समयदेखि अपाङ्गता भएका व्यक्तिहरुद्वारा संचालित संस्थाका क्रियाशिल ३८ जना अधिकारकर्मीहरुलाई  प्रदान गरिएको थियो ।