”समावेशी विकासका लागि रूपान्तरित समाधानः पहुँचयुक्त र समतामुलक विश्वका लागि उर्जावान सिर्जनशिलताको प्रावधान” भन्ने मूल नाराका साथ देशब्यापी रुपमा अपाङ्गता भएका व्यक्तिहरुको ३१ औं अन्तराष्ट्रिय दिवस ३ डिसेम्बर २०२२ मनाइदै छ I सो अवसरमा अपाङ्गता भएका व्यक्तिहरुका लागी नेत्रधाम फाउन्डेसनको आयोजना, नेत्रधाम आँखा उपचार केन्द्र संगको प्राविधिक सहयोग र राष्ट्रिय अपाङ्ग महासंघ नेपालको समन्वयमा निशुल्क आँखा शिविर तपशिल बमोजिमको मिति र समयमा आयोजना गरिएको छ I यो सेवा आवस्यक पर्ने अपाङ्गता भएका व्यक्तिहरले ०१४२३११५९ मा फोन गरि वा राष्ट्रिय अपाङ्ग महासंघको भृकुटीमण्डप स्थित कार्यालय गइ आफ्नो नाम दर्ता गराइ लाभ लिनहोला I तपशिल: मिति: २०७९ मंसिर १७ समय: विहान १० बजे देखि स्थान:राष्ट्रिय अपाङ्ग महासंघको कार्यालय, भृकुटीमण्डप

Similar Posts

  • अपाङ्गता सवालमा मन्त्रालयसँग छलफल

    महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आयोजना तथा राष्ट्रिय अपाङ्ग महासँघको समन्वयमा आज मिति २०७६ पौष ६ गते मन्त्रालयको कार्यको प्रभाबकारीताको सबालमा अपाङ्गता…

  • विभिन्न पदहरूमा कर्मचारी छनौट गरिएको सूचना

    पद पुर्ति समितिको सिफारिस माथि छलफल गरि राष्ट्रिय अपाङ्ग महासंघको संघीय कार्य सम्पादन समितिको मिति २०७६ साल पुष १० गते वसेको निर्णय अनुसार…

  • समावेशी शिक्षामा अपाङ्गता भएका व्यक्तिको पहुँच तथा प्रवर्धन!

    मिति २०७७- १०-२५ सबै अपाङ्गता भएका बालबालिकाहरुको समावेशी शिक्षामा पहुँच अभिवृद्धि तथा प्रवर्धनमा निजी विद्यालयहरु र निजी प्रकाशन गृहहरुको संलग्नता र समावेशीता अभिवृद्धि…

  • प्रेस विज्ञप्ती: अपाङ्गता भएका व्यक्तिहरुको ३२औँ अन्तराष्ट्रिय दिवस

    अपाङ्गता भएका व्यक्तिहरुको ३२औँ अन्तराष्ट्रिय दिवस  प्रेस विज्ञप्ती पृष्ठभुमी अपाङ्गता भएका व्यक्तिहरुको ३२औँ अन्तराष्ट्रिय दिवस यहि २०८० साल मंसिर १७ गते तदनुसार ३…

  • राष्ट्रिय जनगणना सम्बन्धी सचेतनामूलक भिडियो

    “मेरो जनगणना मेरो सहभागिता, राष्ट्रिय जनगणना २०७८”
    बिक्रम संवत २०७८ साल कार्तिक २५ गते देखि मंसिर ९ गते सम्म सञ्चालन हुन गईरहेको राष्ट्रिय जनगणनामा सबै अपाङ्गता भएका व्यक्तिहरूको गणना सुनिश्चित गरौँ । अपाङ्गता सम्बन्धी तथ्याङ्कको अभावमा अपाङ्गता भएका व्यक्तिको पक्षमा प्रभावकारी योजना, नीति र कार्यक्रम बन्न नसकिरहेको र उनिहरू राज्यबाट पाउने सेवा सुविधा र अवसरबाट बञ्चित भईरहेको वर्तमान परिप्रेक्षलाई मध्यनजर गर्दै सम्पूर्ण अपाङ्गता भएका व्यक्ति, उनीहरूका संस्था, यस क्षेत्रमा कार्यरत सम्पूर्ण सरोकारवाला निकाय, सञ्चार माध्यम, राजनैतिक दल, संघसंस्था, नागरिक समाज, नीजि क्षेत्र, अपाङ्गता भएका व्यक्तिका परिवार, आफन्त लगायत सबैले यस पटकको जनगणनामा अपाङ्गता भएका व्यक्तिको गणना सुनिश्चित गराउन आ-आफ्नो क्षेत्रबाट पहल गर्न राष्ट्रिय अपाङ्ग महासंघ नेपाल हार्दिक अनुरोध गर्दछ । गणनामा कतैपनि अपाङ्गता भएका व्यक्ति नछुटुन्, नदोहोरिउन् ।  

  • Vacancy Announcement for Province Project Officer

    National Federation of the Disabled Nepal (NFDN) is the national umbrella organization of persons with disabilities representing more than 331 member organizations throughout…