”समावेशी विकासका लागि रूपान्तरित समाधानः पहुँचयुक्त र समतामुलक विश्वका लागि उर्जावान सिर्जनशिलताको प्रावधान” भन्ने मूल नाराका साथ देशब्यापी रुपमा अपाङ्गता भएका व्यक्तिहरुको ३१ औं अन्तराष्ट्रिय दिवस ३ डिसेम्बर २०२२ मनाइदै छ I सो अवसरमा अपाङ्गता भएका व्यक्तिहरुका लागी नेत्रधाम फाउन्डेसनको आयोजना, नेत्रधाम आँखा उपचार केन्द्र संगको प्राविधिक सहयोग र राष्ट्रिय अपाङ्ग महासंघ नेपालको समन्वयमा निशुल्क आँखा शिविर तपशिल बमोजिमको मिति र समयमा आयोजना गरिएको छ I यो सेवा आवस्यक पर्ने अपाङ्गता भएका व्यक्तिहरले ०१४२३११५९ मा फोन गरि वा राष्ट्रिय अपाङ्ग महासंघको भृकुटीमण्डप स्थित कार्यालय गइ आफ्नो नाम दर्ता गराइ लाभ लिनहोला I तपशिल: मिति: २०७९ मंसिर १७ समय: विहान १० बजे देखि स्थान:राष्ट्रिय अपाङ्ग महासंघको कार्यालय, भृकुटीमण्डप

Similar Posts

  • ध्यानकर्षण पत्र

      मिति २०८०/०३/१८ मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यलय सुदुरपश्चिम प्रदेश एकेबद्धताको उपस्थिति बिषय : ध्यानकर्षण सम्बन्धमा । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ का…

  • महासंघका पूर्व क्षेत्रीय अध्यक्ष टंक तिवारीको निधनमा शोक विज्ञप्ती

    राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, साविक मध्यमाञ्चल विकास क्षेत्रका भूतपूर्व अध्यक्ष श्री टंक तिवारीको २०७५ साल असार २६ गते बिहान ५ बजे असामयिक निधन…

  • विश्वव्यापी पहुँचयुक्तता जागरूकता दिवसको सन्दर्भमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको विज्ञप्ती

    प्रत्येक वर्ष मे महिनाको तेश्रो बिहीवारलाई “विश्वव्यापी पहुँचयुक्तता जागरुकता दिवस” को रुपमा मनाइन्छ । भनिन्छ, परिवर्तन एउटा व्यक्ति बाट सुरु हुन्छ,  यसै क्रममा, सन २०११ मा एक वेब निर्माता, जो डेभनले बनाएको एउटा ब्लग पोस्ट पछी प्रेरित भइ यो दिवस मनाउन शुरुवात गरिएको हो। । डिजिटल पहुँचयुक्तताको क्षेत्रमा अपाङ्गता भएका व्यक्तिहरू लगायत धेरै व्यक्ति, संगठनहरूले गरेका प्रयास, सफल अभ्यास र हासिल उपलब्धिहरूले आज अपाङ्गता भएका व्यक्ति लगायत धेरैको सूचनाको पहुँचमा ठूलो योगदान पुर्‍याएको छ । डिजिटल पहुँचयुक्तताले अपाङ्गता भएका ब्यक्ति (खास गरेर दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्ति) को शिक्षा  र सशक्तिकरणमा सघाउ पुग्ने भएकोले यो दिवसलाई महत्वका साथ लिइन्छ । समावेशी र दिगो विकासको दिशामा महतवपूर्ण कदमको रुपमा डिजिटल पहुँचको आवश्यकतालाइ उजागर गर्न यो “विश्व पहुँचयुक्तता जागरुकताको दिवस” २०१२ बाट मनाउन सुरु भएको हो । जब प्रविधि समावेशी हुन्छ यसले सबैलाइ सिक्ने र यसबाट लाभान्वित हुने अवसर मिल्छ ।

  • अपाङ्गता समावेशी विकास सम्बन्धि २ दिने अभिमुखीकरण सम्पन्न

    मिति: २०८० फाल्गुन १ गते राष्ट्रिय अपाङ्ग महासंघ नेपाल (NFDN) को आयोजना र द एशिया फाउन्डेसनको आर्थिक सहयोगमा संचालित स्थानीय  सरकार सबलीकरण परियोजना…