”समावेशी विकासका लागि रूपान्तरित समाधानः पहुँचयुक्त र समतामुलक विश्वका लागि उर्जावान सिर्जनशिलताको प्रावधान” भन्ने मूल नाराका साथ देशब्यापी रुपमा अपाङ्गता भएका व्यक्तिहरुको ३१ औं अन्तराष्ट्रिय दिवस ३ डिसेम्बर २०२२ मनाइदै छ I सो अवसरमा अपाङ्गता भएका व्यक्तिहरुका लागी नेत्रधाम फाउन्डेसनको आयोजना, नेत्रधाम आँखा उपचार केन्द्र संगको प्राविधिक सहयोग र राष्ट्रिय अपाङ्ग महासंघ नेपालको समन्वयमा निशुल्क आँखा शिविर तपशिल बमोजिमको मिति र समयमा आयोजना गरिएको छ I यो सेवा आवस्यक पर्ने अपाङ्गता भएका व्यक्तिहरले ०१४२३११५९ मा फोन गरि वा राष्ट्रिय अपाङ्ग महासंघको भृकुटीमण्डप स्थित कार्यालय गइ आफ्नो नाम दर्ता गराइ लाभ लिनहोला I तपशिल: मिति: २०७९ मंसिर १७ समय: विहान १० बजे देखि स्थान:राष्ट्रिय अपाङ्ग महासंघको कार्यालय, भृकुटीमण्डप

Similar Posts

  • राष्ट्रिय अपाङ्ग महासंघ नेपालको २८ औँ स्थापना दिवसको शुभकामना सन्देश

    नेपालमा अपाङ्गता अधिकार आन्दोलनलाई नेतृत्व गर्दै, अपाङ्गता भएका व्यक्तिका अधिकारहरूलाई  संस्थागत गर्दै, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल आजबाट आफ्नो अथक यात्राको क्रममा २८ औँ बर्षमा प्रवेश गरेको छ । यो सुखद घडीमा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल परिवार, यस संस्थालाई आफ्नो यात्रामा साथ दिने सम्पूर्ण सदस्य संस्था, सरकारी तथा गैर सरकारी सरोकारवाला निकाय, अपाङ्गता भएका व्यक्ति, नागरिक समाज, साझेदार संस्था, विकास निकायहरू, सञ्चार माध्यम, निजी क्षेत्र लगायत सबैमा हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछ । यसै अवसरमा सम्पूर्ण सदस्य संस्थाहरूमा हार्दिक शुभकामना पनि व्यक्त गर्दछ ।

  • क्षमता विकाश सहयोगका लागि अपाङ्गता भएका व्यक्तिद्वारा सञ्चालित संस्था/समूहबाट ईच्छापत्र माग गरिएको सूचना

    श्रावण १ , २०७८ राष्ट्रिय अपाङ्ग महासंघ नेपाल ३३१ भन्दा बढी अपाङ्गता भएका व्यक्तिद्वारा सञ्चालित संस्थाहरू आवद्ध रहेको सबै प्रकारका अपाङ्गता भएका व्यक्तिको…

  • दर्खास्त आव्हान सम्बन्धी सुचना

    सामाजिक बिकास मन्त्रालय र राष्ट्रिय अपाङ्ग महासंघ – नेपाल प्रदेश नं ३, मकवानपुरको संयुक्त साझेदारीमा सञ्चालन गरिने अपाङ्गता सुचना केन्द्रका लागि तपसिल बमोजिमको…

  • सदस्य संस्था नवीकरण तथा नयाँ आबद्धता सम्बन्धमा ।

    च.नं. २०८१/८२/१७१ मितिः २०८१/१०/१० गते श्री प्रदेश व्यवस्थापकज्यू सातवटै प्रदेश कार्यालय राष्ट्रिय अपाङ्गमहासंघ- नेपाल । बिषयः सदस्य संस्था नवीकरण तथा नयाँ आबद्धता सम्बन्धमा…