कोभिड -१९ महामारी वाट प्रभावित अपाङ्गता भएका व्यक्तिको आवस्यकता पहिचान-अन्तरक्रिया तथा रणनीति तयार
मिति २०७७ मङ्सिर २७ र २८ गते काभ्रेको बनेपा र मिति २०७७ मङ्सिर २९ र ३० गते सिन्धुपाल्चोकको चौतारामा कोभिड -१९ महामारी वाट प्रभावित अपाङ्गता भएका व्यक्तिको आवस्यकता पहिचान सम्बन्धि अन्तरक्रिया तथा रणनीति तयार कार्यक्रम संचालन गरियो l राष्ट्रिय अपाङ्ग महासंघ संघीय अध्यक्ष श्री मित्रलाल शर्माको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा काभ्रे जिल्लाका बिभिन्न ठाउवाट अपाङ्गता भएका व्यक्तिहरु द्वारा संचालित सँस्थाका १८ पुरुष र १५ महिला गरि जम्मा ३३ जना प्रतिनिधि सहभागी भएका थिए भने सिन्धुपाल्चोकमा १० जना महिला र २४ जना पुरुष गरि ३४ जना सहभागी भएका थिए l सो कार्यक्रम लाइट फर द वर्ल्ड संगको सहकार्यमा सम्पन्न भएको थियो l
कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ संघीय अध्यक्ष श्री मित्रलाल शर्माले सहभागी हरुलाई स्वागत गर्दै कोभिड-१९ प्रतिकार्यमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालले गरेका कार्यहरु र आगामी योजानाहरुको बारेमा प्रकास पार्नु भएको थियो भने राष्ट्रिय अपाङ्ग महासंघ बाग्मती प्रदेशका अध्यक्ष आश्विन लम्सालले महामारीको समयमा अपाङ्गता भएका व्यक्तिहरुद्वारा संचालित संस्थाहरुको भूमिका के कस्तो रहने र स्थानीय सरकार संग कसरि समन्वय गर्ने भन्ने बारेमा आफ्ना बिचारहरु राख्नु भएको थियो l
कार्यक्रमको पहिलो दिन कोभिड १९ को अवस्थामा अपाङ्गता भएका व्यक्तिले भोग्नु परेका समस्याहरु माथि छलफल गरिएको थियो साथै सहभागीहरुले कोभिड -१९ महामारी प्रतिकार्यका लागी गरेका प्रयासहरुको बारेमा प्रस्ट्याउनु भएको थियो त्यसै गरि कार्यक्रमको दोश्रो दिन कोभिड १९ वाट प्रभावित अपाङ्गता भएका व्यक्तिको अधिकार प्राप्तिका लागि भावी रणनीति तयाए गरिएको थियो l उक्त अवसरमा राष्ट्रिय अपाङ्ग महासंघ संघीय कायर्लयमा कार्यरत कार्यक्रम अधिकृत पारु शर्माले परियोजनाको मूल उदेस्य र भावी योजनाका बारेमा प्रकास पार्नुभएको थियो l



