राष्ट्रिय अपाङ्ग महासंघ नेपालको २३ औँ साधारण सभा र १० औँ महाधिवेशन सम्बन्धि सूचना
उपरोक्त सम्बन्धमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको २३ औँ साधारण सभा र १० औँ महाधिवेशन सम्पन्न गर्नको लागि मिति २०८२/०८/०४ गते बसेको संघिय कार्यसमितिको बैठक र मिति २०८२/०८/२० गते बसेको कार्य सम्पादन समिति बैठकको निर्णय अनुसार तपशिल बमोजिमको निर्वाचन कार्य तालिका आबद्ध संघ संस्था, प्रदेश कार्य समिति र सम्बन्धित सबैको जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ ।
२०८२ साल चैत २७ र २८ गते हुने निर्वाचनको कार्य तालिका
- २०८२ फागुन ०५ गते सम्म संस्था आबद्धता र नवीकरणको अन्तिम समय सीमा
- २०८२फागुन ०६ र ०७ मा संस्थाको नामावली प्रमाणीकरण
- २०८२ फागुन ०७ गतेदेखि २०८२ फागुन १५ गतेसम्म दाबी-विरोध (उजुरी) का लागि सूचना प्रकाशन
- २०८२ फागुन २१ गते संस्थाहरूको अन्तिम नामावली प्रकाशन
- २०८२ फागुन २२ गते पत्राचार प्रतिनिधित्व गर्ने प्रतिनिधिहरुको फोटो र अपाङ्गता परिचय पत्र र अभिभावक भएमा पुष्टि गर्ने कागजात सहित संस्थाको निर्णय र सिफारिश
- २०८२ चैत ११ गते सम्म प्रतिनिधिहरुको नामावली सम्बन्धित संस्थाहरुले पठाई सक्नु पर्ने । अन्यथा व्यवस्थापकीय दृष्टी कोणले प्रतिनिधिहरुको नाम समावेश गर्न नसकिने ।

