राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, सुदूरपश्चिम प्रदेश अधिवेशन सम्बन्धी सूचना
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल
संघीय कार्यालय, काठमाडौं
राष्ट्रिय अपाङ्ग महासंघ नेपालको मिति २०८३/०१/२६ गते बसेको संघीय कार्य समितिको बैठकको निर्णय बमोजिम सुदूरपश्चिम प्रदेश अधिवेशन आगामी २०८३ जेठ २१ र २२ गते हुन गइरहेको व्यहोरा सबैमा जानकारी गराइन्छ। सो अधिवेशनका लागि आबद्ध संस्थाहरूको नवीकरण र पुनः आबद्धताका लागि निम्न प्रक्रिया पूरा गर्नका लागि आग्रह गर्दछौं।
सम्बन्धित संस्थाहरूका लागि विशेष जानकारी
- नवीकरण र आबद्धता: मिति २०८३ जेठ १ गतेदेखि २०८३ जेठ ५ गतेसम्म।
- अन्तिम नामावली प्रकाशन: मिति २०८३ जेठ ६ गते।
- आबद्ध संस्थाहरूले मिति २०८३ जेठ ६ गते कार्यालय समयभित्रै प्रतिनिधि पठाउनु हुन र सोको जानकारी महासंघको संघीय कार्यालयमा गराउनुहुन अनुरोध छ ।


