अध्यारोबाट उज्यालोतर्फ

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल (NFDN) ले सन् २०१९ देखि सन् २०२४ सम्म “हामीलाई पनि समावेश गर” (Include Us) परियोजना सिबियम ग्लोबलसँगको साझेदारीमा सातै प्रदेशमा कार्यान्वयन गरेको थियो । यस परियोजनाले पहुँचयुक्तता, अपाङ्गता भएका व्यक्तिहरूको न्यायमा पहुँच, समावेशी नीति र पैरवी, अपाङ्गता सम्बन्धी तथ्यांक, र अपाङ्गता भएका व्यक्तिहरूद्वारा सञ्चालित संस्था (OPDs) को क्षमता अभिवृद्धि र सशक्तीकरणको क्षेत्रमा महत्वपूर्ण काम गरेको थियो ।
पाँच वर्षसम्म सञ्चालित यस परियोजनाका विभिन्न क्रियाकलापले अपाङ्गता भएका व्यक्तिहरूको क्षेत्रमा केही सकारात्मक परिवर्तन ल्याउन सफल भएको महसुस गरेका छौँ । हामीले यस परियोजना सञ्चालनका दौरान हासिल गरेका महत्वपूर्ण उपलब्धिहरूलाई सङ्कलन गरी सबैमा पुर्याउने उद्देश्यले हाम्रो सानो प्रयासमार्फत आएका सकारात्मक परिवर्तनका कथाहरू तपाईंहरू माझ ल्याएका छौँ । यी सङ्कलित सफलताका कथाहरूले परियोजनाको उपलब्धि उजागर गर्ने मात्र नभई, यस क्षेत्रमा दीर्घकालीन रूपमा काम गर्दा सन्दर्भ सामग्रीका रूपमा उपयोग गर्न सकिने विश्वास गरेका छौँ ।

It seems we can’t find what you’re looking for. Perhaps searching can help.