Similar Posts

  • कोभिड प्रतिकार्यको लागि सचेतनामूलक समावेशी भिडियो

    कोभिड १९ को विश्वव्यापी संक्रमणको महामारीको प्रभाव नेपालमा पनि दिनानुदिन बढ्दै गइरहेको छ । यस विपद् र महामारीको अवस्थामा अपाङ्गता भएका व्यक्तिहरु विभिन्न अवरोध र अपाङ्गताको आधारमा गरिने विभेदको कारणले सबैभन्दा धेरै जोखिममा परेका हुन्छन् । अपाङ्गता भएका व्यक्तिहरुले प्रयोग गर्ने सहायक सामग्री उहाँहरुको जीवन अभिन्न अंग हो । आफ्नो सहायक सामग्री सफा राख्न र संक्रमणमुक्त गराउने उपायहरुको बारेमा सिकाउन, सहयोगीले हेरचाह गर्दा ध्यान दिनुपर्ने कुराहरुको बारेमा सहयोगीलाई विस्तृत जानकारी गराउने उद्देश्यले सरल भाषामा सांकेतिक भाषा दोभाषे र क्याप्सनिङ सहितको भिडियो नेपाल टेलिभिजनमा सामाचार भन्दा पहिले जानकारीमूलक सुचना सन्देश प्रसारण भइरहेको छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपालले क्रिश्चियन एडसँगको सहकार्यमा तयार भएको यस जानकारीमूलक भिडियोलाई निम्न लिङ्क मार्फत जानकारी लिन पनि सक्नु हुनेछ ।

  • स्वास्थ्य सम्बन्धि पुनर्स्थापना सेवाका लागि राष्ट्रिय कार्यशाला सम्पन्न

    राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आयोजना तथा यु.एस.ए.आइ.डी. र ह्याण्डीक्याप इन्टरनेशनल नेपालको साझेदारीमा अपाङ्गता भएका व्यक्ति लगायत सबैका लागि स्वास्थ्य सम्बन्धि पुनर्स्थापना सेवाका संग सम्बन्धित ऐन कानुन/नीतिहरुको संघीय प्रदेश र स्थानीय तहमा प्रभावकारी कार्यान्वयनका र अब बन्ने नीति,कार्यक्रम तथा बजेटमा सबै तहमा स्वास्थ्य पुनर्स्थापनाको सवाल सम्बोधनका लागी वकालत गर्ने उदेश्यका साथ राष्ट्रिय कार्यशाला काठमाडौमा सम्पन्न भयो ।

  • राष्ट्रिय अपाङ्ग महासंघ नेपालको २८ औँ स्थापना दिवसको शुभकामना सन्देश

    नेपालमा अपाङ्गता अधिकार आन्दोलनलाई नेतृत्व गर्दै, अपाङ्गता भएका व्यक्तिका अधिकारहरूलाई  संस्थागत गर्दै, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल आजबाट आफ्नो अथक यात्राको क्रममा २८ औँ बर्षमा प्रवेश गरेको छ । यो सुखद घडीमा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल परिवार, यस संस्थालाई आफ्नो यात्रामा साथ दिने सम्पूर्ण सदस्य संस्था, सरकारी तथा गैर सरकारी सरोकारवाला निकाय, अपाङ्गता भएका व्यक्ति, नागरिक समाज, साझेदार संस्था, विकास निकायहरू, सञ्चार माध्यम, निजी क्षेत्र लगायत सबैमा हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछ । यसै अवसरमा सम्पूर्ण सदस्य संस्थाहरूमा हार्दिक शुभकामना पनि व्यक्त गर्दछ ।

  • Annual Review Meeting with MyRight.

    On 15th May 2025, National Federation of the Disabled – Nepal (NFD-N) held a fruitful and productive annual review meeting with its long-standing…

  • प्रेस विज्ञप्ति: महासङ्घ को २५अौं वार्षिकोत्सव

      राष्ट्रिय अपाङ्ग महासंघ नेपाल विधिवत स्थापना भई सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरूको हक र अधिकारका लागि निरन्तर कृयाशिल रहेको आज २५ बर्ष…