Similar Posts

  • “मेरो जनगणना मेरो सहभागिता, राष्ट्रिय जनगणना २०७८”

    “मेरो जनगणना मेरो सहभागिता, राष्ट्रिय जनगणना २०७८” बिक्रम संवत २०७८ साल कार्तिक २५ गते देखि मंसिर ९ गते सम्म सञ्चालन हुन गईरहेको राष्ट्रिय जनगणनामा सबै अपाङ्गता भएका व्यक्तिहरूको गणना सुनिश्चित गरौँ ।

    अपाङ्गता सम्बन्धी तथ्याङ्कको अभावमा अपाङ्गता भएका व्यक्तिको पक्षमा प्रभावकारी योजना, नीति र कार्यक्रम बन्न नसकिरहेको र उनीहरू राज्यबाट पाउने सेवा सुविधा र अवसरबाट बञ्चित भईरहेको वर्तमान परिप्रेक्षलाई मध्यनजर गर्दै सम्पूर्ण अपाङ्गता भएका व्यक्ति, उनीहरूका संघ-संस्था, यस क्षेत्रमा कार्यरत सम्पूर्ण सरोकारवाला, सञ्चार माध्यम, राजनैतिक दल, संघसंस्था, नागरिक समाज, नीजि क्षेत्र, अपाङ्गता भएका व्यक्तिका परिवार, आफन्त लगायत सबैले यस पटकको जनगणनामा अपाङ्गता भएका व्यक्तिको गणना सुनिश्चित गर्न र  गराउन आ-आफ्नो क्षेत्रबाट पहल गर्न राष्ट्रिय अपाङ्ग महासंघ नेपाल हार्दिक अनुरोध गर्दछ ।

  • विश्व सुनाई दिवस

    आज बिश्वभर  “Hearing for life. Don’t let  hearing loss limit you”  “जीवनको लागि सुनाइ । श्रवणशक्ति कमीको कारण आफूलाई सिमित नराखौँ ।” भन्ने मुल नाराका साथ १३ औ विश्व सुनाई दिवस बिभिन्न कार्यक्रम गरी मनाइदैछ ।

  • महासंघको विभिन्न पदमा कर्मचारी छनोट सम्बन्धी सूचना

    राष्ट्रिय अपाङ्ग महासंघ नेपालको तर्फबाट २०७६ साउन २ गते (१८ जुलाई २०१९) र २०७६ असोज १४ गते (१ अक्टोबर २०१९) मितिमा राष्ट्रिय दैनिक…

  • परियोजनाका विभिन्न संरचनामा रहेर काम गर्ने सदस्यहरूको आवश्यकता सम्बन्धी सूचना

    राष्ट्रिय अपाङ्ग महासंघ नेपाल देशैभरी छरिएर रहेका अपाङ्गता भएका व्यक्तिको हक अधिकारको संरक्षण गर्न वि. स.२०५० सालदेखि निरन्तर कृयाशिल एकमात्र राष्ट्रिय छाता संस्था हो । यस संस्थाले नीति निर्माणमा अपाङ्गता भएका व्यक्तिका सवालहरूलाई समावेश गराउन र बनेका नीतिहरूको कार्यान्वयन गराउनको लागि विशेष भूमिका खेल्दै आएको छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपालले पछिल्लो समयमा अपाङ्गता समावेशी विकास, निर्णय प्रक्रियामा अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्व सुनिश्चित गर्न, सदस्य सँस्थाहरु (DPOs) र अन्य सरोकारवालाहरुको क्षमता विकास, CRPD को कार्यान्वयनमा काम गरिरहेको छ ।

  • कोभिड बिरुद्ध खोप बारे प्रेश बिज्ञप्ती  

    अपाङ्गता भएका ब्यक्तिहरुको अधिकार सम्बन्धी महासन्धी, नेपालको संबिधान लगायतका कानूनहरुले अपाङ्गता भएका ब्यक्तिहरु समाजका अन्य नागरिक भन्दा शिक्षा, स्वास्थ्य, रोजगारी, सञ्चार, गमनशिलता, सामाजिक साँस्कृतिक र राजनैतिक सहभागीतामा समेत पछी परेका छन् भन्ने कुरा स्वीकार गरी नेपालको संविधानमा नै सामाजिक न्याय र सामाजिक सुरक्षा मौलिक हकको रुपमा राखिएको छ । उल्लेखित सेवा सुविधाबाट बञ्चितिकरणमा परेका कारण अपाङ्गता भएका ब्यक्तिहरुको रोग प्रतिरोधात्मक क्षमता समेत कमी हुँदा कोरोनाको थप जोखिममा रहेका हुन्छन ।

  • People Saarc Event- Make the Rights Real!

    Picture Caption: One of the Presenter, Mr. Kiran Shilpakar presenting on Inclusive Development and Disability Rights. Disabled People International and National Federation of…