Similar Posts

  • स्वास्थ्य र पुनर्स्थापना सम्बन्धि राष्ट्रिय कार्यशाला सम्पन्न

    राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आयोजनामा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको समन्वय र डब्लु.एच. ओ.,यु.एस.ए.आइ.डी. र ह्याण्डीक्याप इन्टरनेसनलको साझेदारीमा अपाङ्गता भएका व्यक्तिको ३० औ अन्तर्राष्ट्रिय दिवसको अवसरमा अपाङ्गता भएका व्यक्ति लगायत सबैका लागि स्वास्थ्य र पुनर्स्थापनासंग सम्बन्धित ऐनकानुन/नीतिको संघीय, प्रदेश र स्थानीय तहमा प्रभावकारी कार्यान्वयनका र अब बन्ने नीति, कार्यक्रम, बजेटमा सबै तहमा स्वास्थ्य र पुनर्स्थापनाको सवाल सम्बोधनका लागी वकालत गर्ने उदेश्यका साथ प्रदेशका प्रादेशिक स्वास्थ्य निर्देशक, सामाजिक बिकाश महाशाखा पमुख/प्रतिनिधि, प्रदेश स्वास्थ्य आपतकालीन संचालन केन्द्र प्रमुख/प्रतिनिधि र संघिय तह बाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तर्फबाट कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता ब्यबस्थापन शाखा, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, अपाङ्गता भएका व्यक्तिहरुको वर्गीय संस्थाहरुका प्रतिनिधिहरु, पुनर्स्थापना सेवा केन्द्रहरुको छाता संगठन-नास्पिर,साझेदार संस्थाका प्रतिनिधि लगायत अन्य सरोकारवालाहरुको सहभागिता स्वास्थ्य र पुनर्स्थापना सम्बन्धि राष्ट्रिय कार्यशाला २०७८ पौष १ र २ गते (१६ र १७ डिसेम्बर २०२१) काठमाडौमा सम्पन्न भयो । उक्त कार्यक्रममा १३ महिला सहित ३२ जनाको सहभागिता रहेको थियो भने अपाङ्गता भएका व्यक्तिहरुको ८ जनाको सहभागिता जनाउनु भएको थियो ।

  • अपाङ्गता भएका व्यक्तिहरुको २६औं अन्तर्राष्ट्रिय दिवस सम्पन्न

    राष्ट्रिय अपाङ्ग महासँघ नेपाल अपाङ्गता भएका व्यक्तिहरुको छाता सँगठन हो । यसले विगत २५ वर्ष देखि अपाङ्गता अधिकारको प्रवर्धनको लागि काम गरिरहेको छ…

  • कर्मचारी आवश्यकता सम्बन्धी सूचना

    प्रकाशन मिति : २०७९/०९/२७ गते                                अन्तिम दरखास्त पेश गर्ने समय :२०७९/१०/०४ गते पद        : पैरवी अभियानकर्ता (Advocacy Campaigner) सङ्ख्या : १ (एक)…

  • परियोजनाका विभिन्न संरचनामा रहेर काम गर्ने सदस्यहरूको आवश्यकता सम्बन्धी सूचना

    राष्ट्रिय अपाङ्ग महासंघ नेपाल देशैभरी छरिएर रहेका अपाङ्गता भएका व्यक्तिको हक अधिकारको संरक्षण गर्न वि. स.२०५० सालदेखि निरन्तर कृयाशिल एकमात्र राष्ट्रिय छाता संस्था हो । यस संस्थाले नीति निर्माणमा अपाङ्गता भएका व्यक्तिका सवालहरूलाई समावेश गराउन र बनेका नीतिहरूको कार्यान्वयन गराउनको लागि विशेष भूमिका खेल्दै आएको छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपालले पछिल्लो समयमा अपाङ्गता समावेशी विकास, निर्णय प्रक्रियामा अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्व सुनिश्चित गर्न, सदस्य सँस्थाहरु (DPOs) र अन्य सरोकारवालाहरुको क्षमता विकास, CRPD को कार्यान्वयनमा काम गरिरहेको छ ।

  • प्रतिवेदन सार्वजनिकिकरण

    राष्ट्रिय अपाङ्ग महासंघ नेपालले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी महासन्धी(UNCRPD) २००६ को कार्यान्वयन अनुगमन (संघीय तह) संक्षिप्त प्रतिवेदन मिति २०८० साउन ३ गते…