राष्ट्रिय अपाङ्ग महासंघ नेपालको अनुरोध खोप केन्द्रमा अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकता दिउँ । खोप केन्द्रहरुमा सबैले सहज र पहुँचयुक्त रुपमा पुगी खोप लिन सक्ने वातावारण बनाऔँ । खोप केन्द्रको पार्किङ्ग स्थल अपाङ्गता भएका व्यक्तिहरु सहित सबैको सहज पहुँच भएको ठाउँमा व्यवस्था गरौं । स्वास्थ्य मन्त्रालय तथा अन्य आधिकारी निकायहरुबाट जारि गरिएको सुचनालाई पहुँचयुक्त ढाँचामा प्रकाशन र सम्प्रेषण गरौं । तथ्याङ्क सङ्कलन गर्दा अपाङ्गताको आधारमा पनि तथ्याङ्क लिने गरौं ।

Similar Posts

  • अन्तरक्रियात्मक कार्यकम सम्पन्न !

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपाङ्गता समावेशी स्वास्थ्य सेवाका लागि राष्ट्रिय निर्देशिका,२०७६  को प्रभावकारी कार्यान्वयनका साथ साथै अपाङ्गता र पुनर्स्थापना सम्बन्धि नीत एवं चालु आ.ब तथा आगामी आ.ब को कार्यक्रम योजनामा साझा अवधारणाको बिकास गर्ने उदेश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, ईडिसिडि (कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता ब्यबस्थापन शाखा) को आयोजना तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको समन्वयमा मिति २०७७ फाल्गुन ४ गते “अपाङ्गता समाबेशी स्वास्थ्य र पुनर्स्थापना सम्बन्धी” विषयक अन्तरक्रियात्मक कार्यकम काठमाडौँमा आयोजना भएको थियो ।

  • कार्यदलको सदस्य छनौटका लागि दरखास्त सम्बन्धी सूचना!

    राष्ट्रिय अपाङ्ग महासंघ नेपाल देशैभरी छरिएर रहेका अपाङ्गता भएका व्यक्तिको हक अधिकार संरक्षण, प्रवर्धन र संवर्धनका लागि वि. स. २०५० सालदेखि निरन्तर कृयाशिल…

  •  अन्तर्राष्ट्रिय  मस्तिष्क पक्षघात दिवस सम्बन्धी प्रेश विज्ञप्ती

    मस्तिष्क पक्षघात समुदायमा पाइने बालबालिकाहरूमा हुने शारीरिक अपाङ्गताहरूको एक प्रमुख कारण हो । हरेक पाँचसय बालबालिकामा एक जनालाई मस्तिष्क पक्षघात भएको छ र संसारभरी एक करोड बालबालिकालाई मस्तिष्क पक्षघात भएको अनुमान छ । विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार विश्वभर हरेक वर्ष १ करोड ५० लाखभन्दा बढी मानिस मस्तिष्क घातको शिकार हुने गरेका छन् भने १७ लाख मानिस यस बाट प्रभावित भएको देखिन्छ l मस्तिष्क पक्षघात भएका बालबालिका र उनीहरूको परिवारले ती बालबालिकाहरूको हिडडुल, दैनिक विद्यालय आउने जाने र स्वास्थ्य सेवा प्राप्त गर्ने कुरामा अप्ठ्यारा र चुनौतीहरू सामना गरिरहेका छन् । त्यस्ता बालबालिका र परिवारहरूलाई भेदभाव, हेला र पछाडि पार्ने गरिएको तथ्य अहिले पनि हाम्रासामु देखिन्छन् l  

  • सरल भाषा सम्बन्धी बौद्धिक अपाङ्गता भएका व्यक्तिको राष्ट्रिय सेमिनार

    २०७९ साल माघ २० गतेका दिन  बौद्धिक अपांगता भएका स्व-वकालतकर्ताहरूले काठमाडौमा पढ्न वा बुझ्न सरल भाषा सम्बन्धी राष्ट्रिय सेमिनार आयोजना गरे । राष्ट्रिय…

  • दर्खास्त आव्हान सम्बन्धी सुचना

    सामाजिक बिकास मन्त्रालय र राष्ट्रिय अपाङ्ग महासंघ – नेपाल प्रदेश नं ३, मकवानपुरको संयुक्त साझेदारीमा सञ्चालन गरिने अपाङ्गता सुचना केन्द्रका लागि तपसिल बमोजिमको…