Similar Posts

  • अपाङ्गता भएका ब्यक्तिको अधिकार सम्बन्धी नियमावली २०७६ सम्बन्धी प्रेस बिज्ञप्ती

    अपाङ्गता भएका ब्यक्तिको अधिकार सम्बन्धी बिधेयक २०७४ श्रावण २२ गते प्रतिनिधि सभाबाट अनुमोदन भइ २०७४/६/२९ गते सम्माननीय राष्ट्रपति ज्यूबाट प्रमाणिकरण भएपछि औपचारिक रूपमा उक्त विधेयक ऐनको रूपमा लागू भएको हो । सो ऐनको दफा १ मा यो ऐन प्रमाणीकरण भएको एकानब्बेऔँ दिन देखी लागू हुनेछ भन्ने उल्लेख छ र ऐनमा व्यवस्था भए अनुसार ऐनलाइ पूर्ण रूपमा कार्यान्वयन गर्न चाहिने नियमावली सो अवधिमा बनाइसक्नुपर्ने प्रावधान समेत राखिएको छ । तर ऐन पारित भएको तिन बर्षपछि मात्र आम अपाङगता भएका ब्यक्तिहरुको प्रतिक्षाको रुपमा रहेको नियमावली २०७७ श्रावण ५ गते मन्त्री परिषद्ले पारित गरि २०७७/५/१ गते नेपाल राजपत्रद्धारा सार्वजनिक गरेको छ । यस परिप्रेक्षमा सर्वप्रथम नियमावलीले पूर्ण अशक्त र अति अशक्त अपाङ्गता भएका ब्यक्तिहरुलाइ सेवा सुविधामा प्राथमिकतामा राख्ने र उनीहरूलाई सेवा सुविधामा पहुँच पुर्याउन विशेष व्यवस्थाहरू गर्ने गरि राखिएका प्रावधानहरूको राष्ट्रिय अपाङ्ग महासंघ नेपाल स्वागत गर्दछ । तर, अपाङ्गता भएका ब्यक्तिको अधिकार सम्बन्धी ऐन २०७४ ले तोक्नु भनेका धेरै विषयहरू, नेपालको संविधानमा भएका व्यवस्था र नेपाल सरकारको नियमित नीति, कार्यक्रम, बजेट र पहिलेदेखिनै गर्दै आएका राम्रा अभ्यासहरुलाई भने नियमावलीले पूर्ण रुपमा समेटन् सकेको छैन ।

  • दर्खास्त आव्हान सम्बन्धी सुचना

    सामाजिक बिकास मन्त्रालय र राष्ट्रिय अपाङ्ग महासंघ – नेपाल प्रदेश नं ३, मकवानपुरको संयुक्त साझेदारीमा सञ्चालन गरिने अपाङ्गता सुचना केन्द्रका लागि तपसिल बमोजिमको…

  • कोरोना भाइरस संक्रमणबाट जोगिनको लागि अपाङ्गता भएका व्यक्तिहरूका सवालमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालले हालसम्म गरेका केही प्रयासहरू सम्बन्धी अध्यावधी

    कोभिड १९, अर्थात नोभल कोरोना भाइरसको संक्रमणबाट उत्पन्न महाविपत्तिको चपेटामा आज सारा विश्व परिरहेको छ । चीनवाट सुरू भएर युरोप र अमेरिकामा फैलिदै क्रमशः दक्षिण एशिया र अफ्रीकी मुलकुहरूमा फैलिन थालेको यस भाइरसको महामारीबाट यो प्रतिवेदन तयार गर्दा सम्म ४ लाख २८ हजार भन्दा बढी मानिसहरू संक्रमित भैसकेका छन भने १९ हजार भन्दा बढीको मृत्यू भैसकेको छ । चीन पछी यसको सबैभन्दा ठूलो प्रभाव यूरोप र अमेरिकामा परेको छ भने दक्षिण एशियाली देशहरूमा पनि यसको संक्रमण बढ्दै गएको छ ।

  • बागमति प्रदेशको चौँथो साधारण सभा तथा दोस्रो अधिवेशन जानकारी सम्बन्धमा

    राष्ट्रिय अपाङ्ग महासंघ -नेपाल बागमति प्रदेश कार्यसमितिको निर्णय गरे बमोजिम मिति २०७८ साल पौष २ गते भित्र प्रतिनिधिको नाम पठाएका निम्न सदस्य संस्थाहरुले मात्र यहि मिति २०७८ साल पौष ९ र १० गतेका दिन हेटौडामा हुन गईरहेको राष्ट्रिय अपाङ्ग महासंघ -नेपाल बागमति प्रदेशको चौँथो साधारण सभा तथा दोस्रो अधिवेशनमा सहभागी हुन पाउने व्यहोरा जानकारी गराउँदछु ।

  • इन्टरनेशनल डिस्याविलिटी एलाइन्स (आइ.डी.ए.) ले कोरोना भाइरसको संक्रमणको महामारीको प्रतिकारलाई अपाङ्गता समावेशी बनाउन गरेका मुख्य सिफारिसहरू

    नोटः यो नेपाली अनुवाद राष्ट्रिय अपाङ्ग महासंघ  नेपालले कोभिड १९ विरूद्धको अभियानलाई अपाङ्गता समावेशी बनाउन अन्तर्राष्ट्रिय निकायहरू गरेका प्रयासहरू, तयार पारेका सुझाव, जानकारी सिफारिसहरूबाट सबै अपाङ्गता भएका व्यक्ति तथा स्थानीय सरोरकारवालाहरू लाभान्वित हुन भन्ने उद्देश्यले गरेको हो ।