Similar Posts

  • प्रेश बिज्ञप्ती

    गृह मन्त्रालय अन्तरगत राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण बिभागको मिति २०७६ चैत्र २६ गतेको निर्णय अनुसार सामाजिक सुरक्षा नियमावलि २०७६ को कार्यान्वयन गर्न भन्दै सबै स्थानीय तहलाई अति अशक्त अपाङ्ता भएका ब्यक्तिहरुको सामाजिक सुरक्षा भत्ता निरन्तर नगर्ने भन्ने परिपत्र प्रति राष्ट्रिय अपाङ्ग महासंघको गम्भिर ध्यानकर्षण भएको छ । निरन्तर अन्य ब्यक्तिहरुको सहयोग बिना बाच्न समेत कठिनाइ हुने वर्गले बिगत लामो समयदेखी पाइरहेको सुविधा कटौति गर्ने निर्णय गरेर अपाङ्गता भएका  ब्यक्तिहरुको प्रतिको राज्यको जवाफदेहितामा शंका उत्पन्न भएको छ । अपाङ्गता भएका ब्यक्तिको अधिकार सम्बन्धी महासन्धी, नेपालको संविधान र अपाङ्गता भएका ब्यक्तिको अधिकार सम्बन्धी ऐन २०७४ को भावना बिपरित यो निर्णय भएको हुँदा अविलम्ब उक्त निर्णय खारेज गरी पाइरहेको सामाजिक सुरक्षा भत्ता निरन्तरताको लागि राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सरकारसँग अपिल गर्दछ ।

  • New Vacancy Announcement

    National Federation of the Disabled Nepal (NFDN) is the national umbrella organization of persons with disabilities representing more than 330 member organizations throughout…

  • झूम इन्टरनेशनलले “अन्तर्राष्ट्रिय स्तरको प्रतिभा खोज”

    सूचना !! सूचना !! सूचना !! शान्तिधाम फाउन्डेशन, भुवनेश्वर, भारतद्वारा प्रस्तुत झूम इन्टरनेशनल प्रतियोगिता सन् २०२२-२०२३ का लागि विभिन्न ठाउँहरुबाट अपाङ्गता भएका व्यक्तिहरू…

  • अपाङ्गता भएका व्यक्तिहरुको ३३ औं अन्तर्राष्ट्रिय दिवस मनाउने सम्वन्धमा

    मिति: २०८१/०८/१२ नेपाल सम्वत ११४५ श्री राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, भृकुटीमण्डप, काठमाण्डौं । विषय : अपाङ्गता भएका व्यक्तिहरुको ३३ औं अन्तर्राष्ट्रिय दिवस मनाउने…

  • प्रेश विज्ञप्ती

    अपाङ्गताको आधारमा गरिएको कुनैपनि भेदभाव र दुर्व्यवहार सह्य हुँदैन सम्पूर्ण अपाङ्गता भएका व्यक्ति, सञ्चारकर्मी, अधिकारकर्मी, नेपाल सरकार लगाययत सम्पूर्ण सरोकारवालाहरू, २०७९ साल वैशाख…

  • अष्ट्रेलियन अवार्ड छात्रवृत्ति २०२३ सम्बन्धी सूचना

    विगतका वर्षहरु झैँ यसवर्ष पनि अष्ट्रेलियन सरकार (Australian Government)ले अष्ट्रेलियन अवार्ड छात्रवृत्ति २०२३ को लागि आवेदन खुलेको छ र यस आवदेनको अन्तिम मिति २९ अप्रिल २०२३ सम्म समयावधी रहेको छ । यस आवेदनको बारेमा सबै अपाङ्गता भएका व्यक्तिहरुलाई जानकारी दिन र आवेदनको लागि प्रोत्साहन गर्ने उद्देश्यले राष्ट्रिय अपाङ्ग महासंघ नेपालसँग समन्वय गरी अष्ट्रेलियन अवार्ड छात्रवृत्ति २०२३ सम्बन्धित अभिमुखीकरण सत्रको आयोजना गर्दैछ । उक्त कार्यक्रम यही फागुन ६ गते अर्थात शुक्रबार 18 February 2022 हुन गइरहेको हुनाले इच्छुक सबै जना सहभागी भइदिनुहुन अनुरोध छ ।