Similar Posts

  • १०औं महाधिवेशन तथा २३औं बार्षिक साधारण सभा सम्बन्धि ३५ दिने  सूचनाको जिल्ला प्रशासन कार्यालय, काठमाडौंको निर्देशन बमोजिम संशोधित ७ दिने सूचनाको बाँकी रहेको ४ दिने सुचना

    राष्ट्रिय अपाङ्ग महासंघ नेपालको १०औं महाधिवेशन तथा २३औं बार्षिक साधारण सभा आगामी २०८२/१२/२७ र २८ गते बुटवल(रुपन्देही जिल्ला)मा तपशिल बमोजिमका एजेन्डा सहित आयोजना…

  • मेरो गणना, मेरो सहभागिता

    बिक्रम संवत २०७८ साल कार्तिक २५ गतेबाट सञ्चालन भईरहेको राष्ट्रिय जनगणनामा सबै अपाङ्गता भएका व्यक्तिहरूको गणना सुनिश्चित गरौँ । यस राष्ट्रिय जनगणना देशै भरिका अपाङ्गता भएका व्यक्तिहरुको  गणनामा कोही नछुटोस् भन्ने उद्देश्यका साथ राष्ट्रिय अपाङ्ग महासंघ नेपालले विभिन्न सचेतनामूलक सामग्रीहरु बनाइरहेको छ । यसै क्रममा राष्ट्रिय अपाङ्ग महासंघ गण्डकी प्रदेशले दुई वटा पोष्टरहरु (चित्रहरु) प्रकाशन गरेको छ ।

  • कोभिड प्रतिकार्यको लागि सचेतनामूलक समावेशी भिडियो

    कोभिड १९ को विश्वव्यापी संक्रमणको महामारीको प्रभाव नेपालमा पनि दिनानुदिन बढ्दै गइरहेको छ । यस विपद् र महामारीको अवस्थामा अपाङ्गता भएका व्यक्तिहरु विभिन्न अवरोध र अपाङ्गताको आधारमा गरिने विभेदको कारणले सबैभन्दा धेरै जोखिममा परेका हुन्छन् । अपाङ्गता भएका व्यक्तिहरुले प्रयोग गर्ने सहायक सामग्री उहाँहरुको जीवन अभिन्न अंग हो । आफ्नो सहायक सामग्री सफा राख्न र संक्रमणमुक्त गराउने उपायहरुको बारेमा सिकाउन, सहयोगीले हेरचाह गर्दा ध्यान दिनुपर्ने कुराहरुको बारेमा सहयोगीलाई विस्तृत जानकारी गराउने उद्देश्यले सरल भाषामा सांकेतिक भाषा दोभाषे र क्याप्सनिङ सहितको भिडियो नेपाल टेलिभिजनमा सामाचार भन्दा पहिले जानकारीमूलक सुचना सन्देश प्रसारण भइरहेको छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपालले क्रिश्चियन एडसँगको सहकार्यमा तयार भएको यस जानकारीमूलक भिडियोलाई निम्न लिङ्क मार्फत जानकारी लिन पनि सक्नु हुनेछ ।

  • अपाङ्गता भएका ब्यक्तिको अधिकार सम्बन्धी नियमावली २०७६ सम्बन्धी प्रेस बिज्ञप्ती

    अपाङ्गता भएका ब्यक्तिको अधिकार सम्बन्धी बिधेयक २०७४ श्रावण २२ गते प्रतिनिधि सभाबाट अनुमोदन भइ २०७४/६/२९ गते सम्माननीय राष्ट्रपति ज्यूबाट प्रमाणिकरण भएपछि औपचारिक रूपमा उक्त विधेयक ऐनको रूपमा लागू भएको हो । सो ऐनको दफा १ मा यो ऐन प्रमाणीकरण भएको एकानब्बेऔँ दिन देखी लागू हुनेछ भन्ने उल्लेख छ र ऐनमा व्यवस्था भए अनुसार ऐनलाइ पूर्ण रूपमा कार्यान्वयन गर्न चाहिने नियमावली सो अवधिमा बनाइसक्नुपर्ने प्रावधान समेत राखिएको छ । तर ऐन पारित भएको तिन बर्षपछि मात्र आम अपाङगता भएका ब्यक्तिहरुको प्रतिक्षाको रुपमा रहेको नियमावली २०७७ श्रावण ५ गते मन्त्री परिषद्ले पारित गरि २०७७/५/१ गते नेपाल राजपत्रद्धारा सार्वजनिक गरेको छ । यस परिप्रेक्षमा सर्वप्रथम नियमावलीले पूर्ण अशक्त र अति अशक्त अपाङ्गता भएका ब्यक्तिहरुलाइ सेवा सुविधामा प्राथमिकतामा राख्ने र उनीहरूलाई सेवा सुविधामा पहुँच पुर्याउन विशेष व्यवस्थाहरू गर्ने गरि राखिएका प्रावधानहरूको राष्ट्रिय अपाङ्ग महासंघ नेपाल स्वागत गर्दछ । तर, अपाङ्गता भएका ब्यक्तिको अधिकार सम्बन्धी ऐन २०७४ ले तोक्नु भनेका धेरै विषयहरू, नेपालको संविधानमा भएका व्यवस्था र नेपाल सरकारको नियमित नीति, कार्यक्रम, बजेट र पहिलेदेखिनै गर्दै आएका राम्रा अभ्यासहरुलाई भने नियमावलीले पूर्ण रुपमा समेटन् सकेको छैन ।

  • सिलबन्दी बोलपत्र आव्हानको सूचना

    राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बाट तपसिल बमोजिमका कार्यहरु सिलबन्दी बोलपत्र प्रकृयाबाट गराउनु पर्ने भएकोले नेपाल सरकारबाट इजाजत प्राप्त योग्य इच्छुक निर्माण व्यवसायीबाट आफ्नो…

  • स्थानीय तहको निर्वाचनमा अपाङ्ता भएका ब्यक्तिहरुका सवाल सम्बन्धमा निर्वाचन आयोगको ध्यानाकर्षण

    राष्ट्रिय अपाङ्ग महासँघ नेपालकी उपाध्यक्ष श्री टीका दहालको नेतृत्वमा अपाङ्गता अधिकारका क्षेत्रमा क्रियाशील अधिकारकर्मीहरूको प्रतिनिधी मण्डलले निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त माननीय अयोद्दी…