Similar Posts

  • अपाङ्गता भएका व्यक्तिहरुको २८ ‌औं अन्तर्राष्ट्रिय दिवस सम्बन्धी सूचना

    अपाङ्गता भएका व्यक्तिहरुको २८ ‌औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा गरिने मूल समारोह समितिको कार्यक्रममा आफ्ना कार्यक्रमहरु समावेश गर्न चाहनुभएका अपाङ्गता भएका व्यक्तिहरुका संघसंस्था लगायत…

  •  अन्तर्राष्ट्रिय  मस्तिष्क पक्षघात दिवस सम्बन्धी प्रेश विज्ञप्ती

    मस्तिष्क पक्षघात समुदायमा पाइने बालबालिकाहरूमा हुने शारीरिक अपाङ्गताहरूको एक प्रमुख कारण हो । हरेक पाँचसय बालबालिकामा एक जनालाई मस्तिष्क पक्षघात भएको छ र संसारभरी एक करोड बालबालिकालाई मस्तिष्क पक्षघात भएको अनुमान छ । विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार विश्वभर हरेक वर्ष १ करोड ५० लाखभन्दा बढी मानिस मस्तिष्क घातको शिकार हुने गरेका छन् भने १७ लाख मानिस यस बाट प्रभावित भएको देखिन्छ l मस्तिष्क पक्षघात भएका बालबालिका र उनीहरूको परिवारले ती बालबालिकाहरूको हिडडुल, दैनिक विद्यालय आउने जाने र स्वास्थ्य सेवा प्राप्त गर्ने कुरामा अप्ठ्यारा र चुनौतीहरू सामना गरिरहेका छन् । त्यस्ता बालबालिका र परिवारहरूलाई भेदभाव, हेला र पछाडि पार्ने गरिएको तथ्य अहिले पनि हाम्रासामु देखिन्छन् l  

  •  कोभिड -१९ को परिस्थितिमा अपाङ्गता भएका व्यक्तिहरुको मानव अधिकार सम्बन्धि भर्चुअल (अनलाईन) बैठक

    राष्ट्रिय मानव अधिकार आयोगको आयोजना तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको समन्वयमा गैर सरकारी संस्था महासंघ, नेपाल पत्रकार महासंघ, नेपाल बार एसोसिएसन,  अपाङ्गताको क्षेत्रमा कार्यरत बिभिन्न  संस्थाहरु,  अपाङ्गता भएका व्यक्तिहरु,  उनीहरुका अभिभावक, महासंघका कार्यसमिति र प्रदेश कार्य समिति, महासंघका सदस्य संस्थाहरु र अन्य गैरसरकारी संस्थाहरु गरी ६४ जनाको सक्रिय सहभागितामा जुममार्फत कोभिड १९ बाट उत्पन्न वर्तमान परिस्थितिमा अपाङ्गता भएका व्यक्तिहरुको अवस्था तथा अनुगमनको विषयमा भर्चुअल  (अनलाईन) बैठक आज सम्पन्न भएको छ ।

  • नेपाल राष्ट्रिय भवन संहिता—२०६ तथा विकास योजनाहरुमा पहुँचयुक्तताको स्थिति सम्बन्धी अध्ययन प्रतिवेदन

    June 2021 राष्ट्रिय भवन संहितामा समेटिएका पहुँचयुक्ततासंग सम्बन्धित विषयबस्तुको समिक्षा गरि राष्ट्रिय—अन्तर्राष्ट्रिय अभ्यास अनुरुपका कुराहरुलाई भवन संहितामा समेट्न नेपाल सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले…

  • अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी नियमावली २०७७ सम्बन्धी छलफल कार्यक्रम सम्पन्न

    महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय अपाङ्ग महासंघ नेपालको संयुक्त आयोजनामा अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी नियमावली २०७७ सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका माननीय मन्त्री पार्वत गुरुङ ज्यूको प्रमुख आतिथ्यता र राष्ट्रिय अपाङ्ग महासंघ नेपालको संघीय अध्यक्ष श्री मित्रलाल शर्मा ज्यूको अध्यक्षतामा, मन्त्रालयका सचिव, सहसचिव तथा उपसचिव लगायत विभिन्न प्रतिनिधिज्यूहरु, महासंघका पूर्व अध्यक्ष तथा निर्वतमान अध्यक्ष ज्यूहरु,महासंघका देशैभरीका आवद्ध अपाङ्गता क्षेत्रका संघसंस्थाहरु, अपाङ्गताका वर्गीय महासंघ र सदस्य संस्थाहरु स्वावलम्बी संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, महासंघका साझेदार सस्थाहरु, राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा कार्यरत गैरसरकारी संघ सस्थाहरु, विभिन्न संचारकर्मी ज्यूहरु गरी ३०० जनाको उत्साहजनक सहभागिता रहेको थियो ।

  • अन्तरक्रियात्मक कार्यकम सम्पन्न !

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपाङ्गता समावेशी स्वास्थ्य सेवाका लागि राष्ट्रिय निर्देशिका,२०७६  को प्रभावकारी कार्यान्वयनका साथ साथै अपाङ्गता र पुनर्स्थापना सम्बन्धि नीत एवं चालु आ.ब तथा आगामी आ.ब को कार्यक्रम योजनामा साझा अवधारणाको बिकास गर्ने उदेश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, ईडिसिडि (कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता ब्यबस्थापन शाखा) को आयोजना तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको समन्वयमा मिति २०७७ फाल्गुन ४ गते “अपाङ्गता समाबेशी स्वास्थ्य र पुनर्स्थापना सम्बन्धी” विषयक अन्तरक्रियात्मक कार्यकम काठमाडौँमा आयोजना भएको थियो ।