दर्खास्त आव्हान सम्बन्धी सुचना
सामाजिक बिकास मन्त्रालय र राष्ट्रिय अपाङ्ग महासंघ – नेपाल प्रदेश नं ३, मकवानपुरको संयुक्त साझेदारीमा सञ्चालन गरिने अपाङ्गता सुचना केन्द्रका लागि तपसिल बमोजिमको पदमा कर्मचारी आवश्यक भएको हुँदा तोकिएको योग्यता पुगेका इच्छुक नेपाली नागरीकहरूलाई यो सूचना प्रकाशित भएको मितीले १५ दिनभित्र आवश्यक कागजातको प्रतिलिपि सहित आवेदन दिनु हुन अनुरोध गरिन्छ ।
| पद | योग्यता तथा आवश्यक सीपहरु | सेवा अवधी |
| अपाङ्गता सुचना सहायक (एक जना) | १० + २ उत्तिर्ण
कम्प्युटर चलाउन जान्ने (Office package, E-mail/internet) |
२०७७ असार मसान्त सम्म |
| साङ्केतिक भाषा दोभासे (एक जना) | एस्.एल्.सी वा सोसरह उत्तिर्ण
नेपाली सांकेतिक भाषाको राम्रो ज्ञान भएको (प्रमाणपत्र सहित) |
२०७७ असार मसान्त सम्म |
दरखास्त पठाउने ई मेल ठेगाना: province3@nfdn.org.np
म्याद नाधि आएको दरखास्त उपर कुनै कारवाही हुने छैन ।
सम्पर्क : ९८५१२४९३७०, ९८५११००७२५ फोनः ०५७५२४६५१ ।
राष्ट्रिय अपाङ्ग महासँघ नेपाल, प्रदेश नं ३, मकवानपुर ।
पुनश्चः दुवै पदमा अपाङ्गता भएका व्यक्तिहरूलाई विशेष प्राथमिकता दिईने छ ।

