Similar Posts

  • अपाङ्गता भएका महिलाहरुका लागि सिप तथा क्षमता विकास

    अपाङ्गता भएका महिलाहरुका लागि सिप तथा रोजगारी प्रवर्धन प्रभावकारी रुपमा कार्यान्वयन गरी उनीहरुलाई विकासको मूलधारमा ल्याउनु पर्ने आजको आवश्यकता हो । भौतिक संरचना पहँचयुक्त तथा अनुकुल वातावरण बनाउन सकेमा अपाङ्गता भएका महिलाहरुले पनि समाजमा आफ्नो क्षमता प्रस्तुत गर्न सक्छन् भनी यस कार्यक्रममा प्रस्तुत गरिएको छ ।

  • अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी महासन्धी कार्यान्वयन गर्न गरेका सिफारिसहरूमा छलफल!

    नेपालको व्यवस्थापिका संसद द्वारा सन २००९ डिसेम्बर २७ मा अनुमोदन गरीएको अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धि महासन्धि एवं स्वेच्छिक प्रोटोकल २००६ को कार्यान्वयनको लागि गठित संयुक्त राष्ट्रसंघीय सी. आर.पी.डी. समितिले नेपाल सरकारलाइ २०१८ को मार्चमा अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी महासन्धी कार्यान्वयन गर्न गरेका सिफारिसहरू माथि मिति २०७७  फाल्गुण  ५  गते राष्ट्रिय सभाका माननीय सदस्यहरु संग छलफल गरियो l  संयुक्त राष्ट्र संघीय बिकास कार्यक्रम  र राष्ट्रिय अपाङ्ग महासंघ नेपालको सहकार्यमा सम्पन्न सो कार्यक्रममा राष्ट्रिय सभा सदस्य माननीय राम नारायण बिडारी लगायत १७ जना माननीय सदस्यहरुको उपस्थिति रहेको थियो l

  • कोभिड १९ कोरोना भाइरस बिरुद्धको प्रेस विज्ञप्ती

    कोभिड १९ कोरोना भाइरस संक्रमणसँग बिश्व संघर्ष गरिरहेको छ । संक्रमणको महामारिले यो प्रेस बिज्ञप्ती तयार गर्दा सम्म ३९१०५ भन्दा वढीको मृत्यु ८०२७३६ भन्दा वढी संक्रमित देखिएका छन् । सम्पूर्ण नेपाली नागरिक, अपाङ्ता भएका ब्यक्तिहरु हाल कोरोना भाइरसबाट उत्पन्न महामारीसँग लडिरहेको र यस घडिमा नेपाल सरकारले नागरिकहरुको जिवनरक्षाको लागि गरिरहेको प्रयासको लागि राष्ट्रिय अपाङ्ग महासघ नेपालको तर्फबाट हार्दिक धन्यबाद दिदै, सम्पूर्ण नागरिकहरुलाई धैर्यधारण गर्न अपिल गर्दछ । यस संकटको घडीमा सरकारले सामाजिक संरक्षण तथा राहत प्याकेजका स्वागतयोग्य  कार्यक्रमहरु पनि घोषणा गरेको छ । तर अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक, बालबालिका, दिर्घरोगी बिरामी, गर्भवति तथा सुत्केरी महिला, बेसहारा बालबालिका, अभिभावक बिहिन बालबालिका र शिशुका लागि र मजदुरहरु,  सुकुम्वासी, यौनिक तथा लैंगिक अल्पसंख्यक बर्ग समुदायमासम्म प्रभागकारी ढंगले पुग्ने र पुर्याउने कुरामा बिश्वास छ  ।

  • बहिरा महिलाको हत्या सम्बन्धी प्रेस विज्ञप्ती

    ०७९/०८०/१२ समाजमा हरेक कुनै न हिसावले मानिसको एक अर्काप्रति सामाजिक दायित्व हुन्छ । दृष्टिकोणजन्य सोचका कारण पछाडी परेका अपाङ्गता भएका नागरिकहरुप्रतिको कर्तव्य बिर्सेर…

  • २०७६ चैत्र २६ मा जारी स्वास्थ्य मन्त्रालयको पत्रकार सम्मेलन सांकेतिक भाषा सहितको भिडियो

    मिति २०७६ चैत्र २६ मा जारी स्वास्थ्य मन्त्रालयको पत्रकार सम्मेलन सांकेतिक भाषा सहितको भिडियो