Similar Posts

  • अपाङ्गता परिचयपत्र (Disability ID Card)

    सरकारी तथा गैरसरकारी निकायहरूबाट अपाङ्गता भएका व्यक्तिहरूका लागि प्रवाह गरिने सेवासुविधा, अवसर र अधिकारको न्यायपूर्ण र प्रभावकारी वितरण होस् भन्ने हेतुले तथा अपाङ्गता…

  • विशेष शिक्षाको व्यवस्था (कानुन तथा नीतिमा व्यवस्था भएअनुसार सञ्चालित कार्यक्रम)

    सुविधा : यो विशेष पद्धति र ढाँचामा शिक्षा दिन आवश्यक पर्ने अपाङ्गता भएका बालबालिकाको सिकाइसम्बन्धी आवश्यकता सम्बोधन गर्दै उनीहरूलाई शिक्षाको समान अवसर प्रदान…

  • अपाङ्गता भएका व्यक्तिहरुलाइ रोजगार मुलक तालिमको अवसर!

    राष्ट्रिय अपाङ्ग महासंघ नेपालले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका र काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिकाका केहि वडाहरुमा अपाङ्गता समाबेशी हाम्रो कफी परियोजना संचालन गरेको छ ।…

  • समावेशी शिक्षा सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम (MTOT) सम्पन्न

    राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आयोजना तथा माईराईटसँगको साझेदारीमा समावेशी शिक्षा सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम (MTOT) मिति २०७८ साल असोज १९- २१ गतेसम्म उदयपुरको गाईघाटमा सम्पन्न भएको छ । बालबालिकाको रुचि, क्षमता र वैयक्तिक आवश्यकताका आधारमा अपाङ्गता भएका बालबालिकाहरुलाई सुहाउँदो शिक्षा अरू बालबालिकासँगै उपलब्ध गराउने कार्य समावेशी शिक्षा हो । शिक्षा पाउनु सबै बालबालिकाको नैसर्गिक अधिकार हो ।  नेपालको संविधान (२०७२) को धारा ३१ ले यो अधिकारलाई स्थापित गरेको छ । सबै वर्ग र क्षेत्रका बालबालिकाको सामाजिक न्याय, पहुँच र प्रतिनिधित्वका लागि समावेशी शिक्षाको सवाललाई संघदेखि प्रदेश र स्थानीय तहसम्म पुर्याउन अधिकारकर्मीहरुलाई अझै सकृय बनाउनु यस तालिमको प्रमुख उद्देश्य रहेको छ । उक्त तालिम अपाङ्गता अधिकारमा लामो समयदेखि अपाङ्गता भएका व्यक्तिहरुद्वारा संचालित संस्थाका क्रियाशिल ३८ जना अधिकारकर्मीहरुलाई  प्रदान गरिएको थियो ।