राष्ट्रिय अपाङ्ग महासंघ नेपालको १०औं महाधिवेशन तथा २३औं बार्षिक साधारण सभा आयोजना हुने कार्यक्रम स्थल सम्बन्धि जानकारी
राष्ट्रिय अपाङ्ग महासंघ नेपालको १०औं महाधिवेशन तथा २३औं बार्षिक साधारण सभा आयोजना हुने कार्यक्रम स्थल सम्बन्धि जानकारी :
Google Map Link : https://maps.app.goo.gl/2u6PmmjYjkxSkT5N8
बुटवल भन्दा पश्चिम तर्फबाट आउने सहभागीहरु बुटवल बसपार्कमा ओर्लिएर नगरबस प्रयोग गरी योगिकुटी सम्म जान सकिन्छ जसलाई सिद्धार्थ राजमार्ग भनिन्छ । योगीकुटी ओर्लिएर सिद्धार्थ राजमार्गबाट पश्चिम तर्फ शान्तिचोक रोड हुदै शान्तिचोक पुग्ने र सो चोकबाट बाँया (Left Side) तर्फको बाटोमा करिब १०० मिटर अगाडि द दरबार लन पार्टी प्यालेस एन्ड रेस्टुरेन्ट (The Darbar Lawn Party Palace & Restaurant) रहेको छ । बुटवल बसपार्कबाट उक्त स्थानको दुरी करिब ३.५ किलोमिटर रहेको छ ।
बुटवल भन्दा पुर्व तर्फबाट आउने सहभागीहरु बुटवल बसपार्कमा पुग्नु पर्दैन‚ राजमार्ग चौराहा ओर्लिएर नगरबस प्रयोग गरी योगिकुटी सम्म जान सकिन्छ जसलाई सिद्धार्थ राजमार्ग भनिन्छ । योगीकुटी ओर्लिएर सिद्धार्थ राजमार्गबाट पश्चिम तर्फ शान्तिचोक रोड हुदै शान्तिचोक पुग्ने र सो चोकबाट बाँया (Left Side) तर्फको बाटोमा करिब १०० मिटर अगाडि द दरबार लन पार्टी प्यालेस एन्ड रेस्टुरेन्ट (The Darbar Lawn Party Palace & Restaurant) रहेको छ । बुटवल चौराहाबाट उक्त स्थानको दुरी करिब २.५ किलोमिटर रहेको छ ।
अर्को रुटको रुपमा बुटवल नयाँ बसपार्कबाट तिनकुने‚ देविनगर‚ होराइजन स्कुल हुदै पनि शान्तिचोक पुग्न सकिन्छ ।
नोट: वैकल्पिक सवारी साधनको रुपमा तिन पाङ्ग्रे अटो प्रयोग गर्न सकिन्छ।


