Virtual interaction on “Let’s continue talking about mental and psychosocial health”
19 June 2021 National Federation of the Disabled Nepal organized an interaction program entitled, ‘Let’s continue talking about mental health’ with focus on…
19 June 2021 National Federation of the Disabled Nepal organized an interaction program entitled, ‘Let’s continue talking about mental health’ with focus on…
नेपालमा कोभिड १९ को दोश्रो भेरियन्टसँगै महामारी बिरुद्ध निषेधाज्ञा जारी गरेको डेढ महिनाको अवधिमा, राष्ट्रिय अपाङ्ग महासंघमा प्राप्त जानकारीको आधारमा, कोभिड १९ का कारण १३ जना भन्दा बढी अपाङ्गता भएका ब्यक्तिहरुले ज्यान गुमाइसकेका छन्, भने ३५० जना भन्दा बढी संक्रमित भएका छन् । विभिन्न कारणले कोभिड संक्रमणको उच्च जोखिममा अपाङ्गता भएका व्यक्तिहरू रहेको कारणले नेपालमा यस विरूद्धको खोपको कार्यक्रम सुरू भएदेखि नै खोप कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरू प्राथमिकतामा पारिनुपर्छ भन्ने सवालमा महासंघले लगातार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय लगायत अन्य सम्बन्धित निकायहरूसँग पैरवी गर्दै आएको छ । तसर्थ यस विषयमा हालसम्म कोभिड १९ बिरुद्धको खोपमा अपाङ्गता भएका व्यक्तिलाई प्रथामिकतामा राख्न र खोपकेन्द्रहरूको पहुँचयुक्ता सुनिश्चित गर्ने सवालमा हालसम्म महासंघबाट भएका प्रयासहरु निम्न रहेको यो प्रेश नोटमार्फत सम्बद्ध सबैमा जानकारी गराइन्छ ।
कोभिड १९ को बढ्दो संक्रामक र जोखिमपुर्ण अवस्थामा अपाङ्गता भएको व्यक्तिको सुरक्षालाई ध्यान दिनुहुन अनुरोध गर्दछौं । English Word file Nepali Word file
कोरोनाको महामारीको संकटमा अपाङ्गता भएका व्यक्तिहरुको अधिकारको अवस्था र दिगो विकासका लक्ष्यहरुका सवालहरुमा भचुअल माध्यमबाट साक्षत्कार गर्ने उद्देश्यले राष्ट्रिय मानव अधिकार आयोगको आयोजना र राष्ट्रिय अपाङ्ग महासंघ नेपालको समन्वयमा मिति २०७८/०१/३१ मा सरकारी तथा गैरसरकारी सरोकारवाला निकायहरुबीच अन्तरकृया/छलफल कार्यक्रम सम्पन्न भएको छ ।
आयोगका माननीय सदस्य सूर्य ढुङ्गेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा आयोगका माननीय सदस्यहरु, केन्द्रिय तथा प्रदेश संचरनाका विभिन्न व्यक्तित्वहरु, गृहमन्त्रालय राष्ट्रिय आपतकालिन कार्य संचालन केन्द्र, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, गृह मन्त्रालय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, अपाङ्गताको अधिकार प्रर्वद्धन शाखा, स्वास्थ्य सेवा विभाग,राष्ट्रिय समावेशी आयोग सहितका प्रतिनिधिहरुको उल्लेखिय उपस्थिति रहनुभएको थियो । यसै गरी राष्ट्रिय अपाङ्ग महासंघका संघीय तथा प्रादेशिक संरचनाका पदाधिकारी तथा सदस्यहरु, अपाङ्गताको अधिकारको क्षेत्रमा काम गर्ने मानव अधिकारकर्मी, वर्गीय संघ संस्थाहरु, नागरिक समाज तथा संचारकर्मीहरुसहित करिब १९५ जनाको सकृय सहभागिता रहेको थियो ।
मिति २०७८, वैशाख २७ गते सोमबार राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आयोजना, स्वास्थ्य सेवा विभाग, कुष्ठरोग नियन्त्रण तथा अपांगता व्यवस्थापन शाखा, टेकुको समन्वय तथा विश्व स्वास्थ्य संगठन नेपाल कार्यालयको सहयोगमा संचालित संयुक्त पहलमा संचालित हो हामी सक्छौं–अपाङ्गता भएका व्यक्तिहरुको नेतृत्वमा अपाङ्गता–समावेशी कोभिड १९ प्रतिकार्य परियोजनाको लुम्बिनी प्रदेश स्थित १२ वटै जिल्लाका १२ जिल्ला सम्पर्क व्यक्तिहरु र १२ महिला दौंतरी परामर्शदाताहरुलाई कोभिड १९ को समयमा आईपर्ने अपाङ्गता महिला, महिला युवा तथा किशोरी अपाङ्गता भएका व्यक्तिहरुको समस्या तथा सवालहरुलाई भर्चुअल सहायता कक्षको माध्ममबाट भर्चुअल विज्ञहरुहरुको पुल मार्फत परामर्श तथा सहयोग उपलब्ध गराउनका लागि क्षमता अभिबृद्धि गर्ने उद्येश्यले भर्चुअल अभिमुखीकरण तालिमको आयोजना भएको थियो ।
मिति २०७७ साल चैत्र १८ गते वुधवार सामाजिक विकास समिति, कर्णाली प्रदेशको आयोजना र राष्ट्रिय अपाङ्ग महासंघ नेपाल कर्णाली प्रदेशको सहकार्यमा अपाङ्गता भएका…
National Federation of The Disabled Nepal (NFDN) is the national umbrella organization of persons with disabilities representing more than 335 member organizations throughout the country. NFDN is seeking qualified personnel for the following position to work in the districts where the project is being implemented.
मिति २०७७ साल चैत्र ८ – १० गतेसम्म राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आयोजना र माइराईट नेपालको सहकार्यमा अपाङ्गता भएका व्यक्तिहरुद्वारा संचालित संघसंस्थाहरुमा क्रियाशिल रहनुभएका सातै प्रदेशका ३९ जना महिला सहित ७९ जना दशै प्रकृतिका अपाङ्गता भएका व्यक्तिहरु र अभिभावकहरुलाई समावेशी शिक्षा सम्बन्धी तीन दिने प्रशिक्षक प्रशिक्षण तालिम (MTOT) प्रदान गरेको छ ।
राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले २०७७ साल चैत्र ७ गते चितवनमा अपाङ्गता भएका व्यक्तिहरुको राष्ट्रिय भेला तथा संस्थाको २० औँ साधारणसभा सम्पन्न गरेको छ…