यहि मिति २०७९/१०/१८ गते काठमाण्डौ महानगर पालिकाका नगर प्रहरीले काठमाण्डौको मखन तरणीबहाल मखनटोलबाट माक्स बिक्री गरि रहेका ह्विलचियर प्रयोगकर्ता अपाङ्गता भएको व्यापारीलाई धरकपड गर्दै ह्विलचियर सहित उचाली ट्रकमा लादेको घटना प्रति यस राष्ट्रिय अपाङ्ग महासंघ नेपालको गम्भिर ध्यानाकर्षण भएको छ । नेपाल समेत पक्षराष्ट्र भई हस्ताक्षर गरेको, अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी संयुक्त राष्ट्र संघीय महासन्धीको अपाङ्गता भएका व्यक्तिहरुको नैसर्गिक मर्यादाको सम्मान गरिनु पर्ने सिद्धान्त विपरित नगर प्रहरीहरुबाट ह्विलचियर प्रयोगकर्ता अपाङ्गता भएको व्यक्तिलाई गरिएको पासवीय व्यवहार निन्दाको बिषय मात्र नभई कानूनको घोर उनलंगन भएको त्यस्तो व्यवहार गर्ने व्यक्ति र निकायको अपराधिक कार्यलाई दण्डित गर्नुपर्छ भन्ने ठम्याई यस राष्ट्रिय अपाङ्ग महासंघको रहेको छ । दोलखा निवासी ह्विलचियर प्रयोगकर्ता डिल्ली बहादुर कार्कीले आफ्नो अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी ऐनको स्वोरोजगार सम्बन्धी हक प्रयोग गर्दै आफ्नो रोजीरोटीका लागि सडकमा खुद्रा व्यापार गरी माक्स वेची रहेको अवस्थामा महानगर पालिकाले नेपालको संविधान र कानून विपरित एक अशक्त अपाङ्गता भएको व्यक्तिलाई बल प्रयोग गरी ह्विलचियर सहित उठाएर ट्रकमा लादेको कुरा घोर अपमान जनक र विभेद युक्त रहेको छ । यस्तो घटना घटाउने नगर प्रहरी र सम्बन्धित निकायलाई तत्काल कार्वाहीको दायरामा ल्याईयोस् भनि राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सरकार समक्ष जोडदार माग गर्दछ । यस घटनाबाट अपाङ्गता भएका व्यक्तिको बेईजती नभई सम्पूर्ण सरकार र नेपाल राष्ट्रकै छवि एवं मानव अधिकारको उनलंगनको पर्दाफाँस भएको छ । यस घटनलाई काठमाण्डौ महानगर पालिकाले गम्भिरताका साथ लिई यस्तो आपराधिक कार्यमा संलग्न व्यक्तिलाई तत्काल कार्वाही गर्न जोडदार माग गर्दछौ । अन्यथा यस अपाङ्गता भएका व्यक्तिको हिंसाको घटनालाई अन्तर्राष्ट्रिय करण गर्दै त्यस विरुद्ध कानूनी उपचारमा जान राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बाध्य हुने कुरा स्पष्ट गर्दै यो प्रेस विज्ञप्ती जारी गरेका छौ । यस मानवता विरोधी कार्यको विरुद्धमा एक जुट भई ऐब्यबद्धता प्रकट गर्न राष्ट्रिय अपाङ्ग महासंघ नेपाल समस्त नेपाली दाजुभाई, दिदिबैनीहरु नागरिक समाज संचार माध्यम र सम्पूर्ण मानवता प्रेमी निकायहरु समक्ष हार्दिक अपिल समेत गर्दछ ।

Similar Posts

  • मतसंकेत गर्न नसक्ने मतदाताको सहयोगी सम्बन्धी प्रेश विज्ञप्ति

      मतसंकेत गर्न नसक्ने मतदाताको सहयोगी सम्बन्धमा यहीँ बैशाख ३० गते सम्पन्न हुने स्थानीय तह सदस्य निर्वाचनको सन्दर्भमा दृष्टिविहीन वा शारीरिक अशक्तता भएको…

  • मन्त्रीज्यू द्वारा अपाङ्गता अधिकार ऐन एक हप्ताभित्र पारीत गर्ने प्रतिवद्धता

    राष्ट्रिय अपाङ्ग महासंघ नेपालको नेतृत्वमा माननीय महिला बालबालिका तथा समाजकल्याण मन्त्री आशा कोइराला ज्यूलाई अपाङ्गताको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्था र राजनैतिक…

  • प्रेस विज्ञप्ति

    गण्डकी प्रदेश सरकारले मिति २०८२ भाद्र ३ गते अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभाबाट पारित गरेको ऐतिहासिक अवसरमा…

  • कोभिड सम्बन्धी सचेतना

    राष्ट्रिय अपाङ्ग महासंघ नेपालले क्रिश्चियन एडको सहयोगमा कोभिड प्रतिकार्यको लागि सचेतनामूलक चित्र तयार गरेको छ । यस सचेतनामूलक चित्रमा स्वास्थ्य सेवा र उपचारमा संलग्न सम्पूर्ण निकायहरुले सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य सेवा, सुविधा, उपचार तथा परामर्शको क्रममा उनीहरुका विशिष्ट आवश्यकतालाई ध्यान पुर्याइ काम गर्ने बारेमा  देखाइएको छ ।

  • Press Release (12/09/2013)

    Press release issued by NFDN demanding various rights including participation in constitution assembly and other basic services and facilities for persons with disabilities….