Similar Posts

  • राष्ट्रिय अपाङ्ग महांसघ नेपाल गण्डकी प्रदेशको सूचना

    राष्ट्रिय अपाङ्ग महासंघ नेपाल गण्डकि प्रदेश कार्य समितिको मिति २०७८ पौष १३ गते पोखरामा बसेको ११औँ पूर्ण बैठकले यस समितिको दोस्रो अधिवेशन आगामि पौष २९ र ३० गते पोखरामा आयोजना गर्ने निर्णय गरेको कुरा  जानकारि गराउन चाहन्छु।  उक्त अधिवेशनका लागि राष्ट्रिय अपाङ्ग महासंघ नेपालको बिधान २०५० पांचौँ सम्सोधन २०७४ को दफा ११ को उपदफा  १ (क) अनुसार  संस्थाबाट एक जना महिला र एक जना पुरुष प्रतिनिधि, पत्र प्राप्त भए पश्चात बसेको कार्य समितिको बैठकको निर्णयको प्रतिलिपि, संस्थाको आधिकारिक लेटर प्याडमा अध्यक्ष वा सचिवले हस्ताक्षर गरेको पत्र, प्रतिनिधिको अपाङ्गता परिचय पत्रको प्रतिलिपि र २ प्रति फोटो  र प्रतिनिधि  फाराम भरि आगामि पौष २५ गते भित्र महासंघ गण्डकी प्रदेश कार्यालय  तेर्सापट्टि पोखरा वा gandaki@nfdn.org.np मा पठाइदिनु हुन अनुरोध गरिन्छ ।

  • दृष्टिविहिन नागरिकहरु माथी भएको दुर्व्यवहार सम्बन्धी प्रेस विज्ञप्ती

    ०७९/०८०/१३ बौद्ध स्तुप परिसर विकास समिति सुरक्षागार्डको पोसाक लगाएका सुरक्षाकर्मीले मिति २०७९ /०४/१२ गते दृष्टिविहीनको लठ्ठी खोस्नुका साथै उनीहरूलाई धकेलेर दुर्व्यवहार गरेका छन…

  • प्रेश बिज्ञप्ती

    गृह मन्त्रालय अन्तरगत राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण बिभागको मिति २०७६ चैत्र २६ गतेको निर्णय अनुसार सामाजिक सुरक्षा नियमावलि २०७६ को कार्यान्वयन गर्न भन्दै सबै स्थानीय तहलाई अति अशक्त अपाङ्ता भएका ब्यक्तिहरुको सामाजिक सुरक्षा भत्ता निरन्तर नगर्ने भन्ने परिपत्र प्रति राष्ट्रिय अपाङ्ग महासंघको गम्भिर ध्यानकर्षण भएको छ । निरन्तर अन्य ब्यक्तिहरुको सहयोग बिना बाच्न समेत कठिनाइ हुने वर्गले बिगत लामो समयदेखी पाइरहेको सुविधा कटौति गर्ने निर्णय गरेर अपाङ्गता भएका  ब्यक्तिहरुको प्रतिको राज्यको जवाफदेहितामा शंका उत्पन्न भएको छ । अपाङ्गता भएका ब्यक्तिको अधिकार सम्बन्धी महासन्धी, नेपालको संविधान र अपाङ्गता भएका ब्यक्तिको अधिकार सम्बन्धी ऐन २०७४ को भावना बिपरित यो निर्णय भएको हुँदा अविलम्ब उक्त निर्णय खारेज गरी पाइरहेको सामाजिक सुरक्षा भत्ता निरन्तरताको लागि राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सरकारसँग अपिल गर्दछ ।

  • समावेशी शिक्षामा अपाङ्गता भएका व्यक्तिको पहुँच तथा प्रवर्धन!

    मिति २०७७- १०-२५ सबै अपाङ्गता भएका बालबालिकाहरुको समावेशी शिक्षामा पहुँच अभिवृद्धि तथा प्रवर्धनमा निजी विद्यालयहरु र निजी प्रकाशन गृहहरुको संलग्नता र समावेशीता अभिवृद्धि…