Similar Posts

  • राष्ट्रिय जनगणना २०७८ मा अपाङ्गता भएका व्यक्तिहरुको सवाल विषयक अन्तरकृया कार्यक्रम

    “मेरो गणना मेरो सहभागीता” भन्ने मुल नाराका साथ राष्ट्रिय अपाङ्ग महासंघ नेपाल र केन्द्रीय तथ्याकं बिभागको संयुक्त अयोजनामा माइराइट नेपालको सहयोगमा राष्ट्रिय जनगणना २०७८ मा अपाङ्गताका भएका व्यक्तिहरूको सवाल  बिषयमा छलफल बृहत अन्तर्कृया कार्यक्रम  भर्चुअल माध्यमबाट मिति २६ भाद्र २०७७  मा सम्पन्न भएको थियो ।  केन्द्रिय तथाङ्क विभागबाट महानिर्देशक श्री नेविन लाल श्रेष्ठ ज्यूको अध्यक्षता संचालित यस बृहत अन्तर्कृया कार्यक्रममा विभागका कर्मचारी, युएनफपीए, युएनका प्रतिनिधि, राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघीय, प्रादेशिक पदाधिकारी, कार्यसमिति सदस्यहरू तथा कर्मचारी, महासंघका पूर्व अध्यक्ष तथा निर्वतमान अध्यक्ष, दश वर्गीय स्वावलम्बी संस्थाका प्रमुख तथा प्रतिनिधिहरू र अपाङ्गता क्षेत्रमा सक्रिय रूपमा कार्यरत अपाङ्गता क्षेत्रमा काम गर्ने संघसंस्थाहरु र पत्रकारहरु गरी १३९ जनाको सक्रिय सहभागितामा रहेको थियो ।

  • सामाजिक सुरक्षा भत्ता सम्बन्धी प्रेश विज्ञप्ति

    अति अशक्त अपाङ्गता भएका ब्यक्ति र ६० वर्ष उमेर नपुगेका एकल महिलाहरुले पाइरहेको सामाजिक सुरक्षा भत्ताका सन्दर्भमा राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण बिभागको च. नं १६३ मिति २०७७/४/१६ को परिपत्र अनुसार हाल संशोधन प्रकृयामा रहेको सामाजिक सुरक्षा ऐन, २०७५ संशोधन भएपछि सोही बमोजिम हुने गरी त्यस्ता लाभग्राहीहरुको छुट्टै अभिलेख राखि ब्यवस्थापन सूचना प्रणालीमा नवीकरण गर्नु भन्ने पत्रको आशयले बिगत लामो समयदेखी प्राप्त गरिरहेको सामाजिक सुरक्षा भत्ता प्रदानको लागि पुर्व तयारी तथा प्रदान उन्मुख देखिन्छ तर सुनिश्चितता गर्न सक्दैन । यद्यपी सरकारको यो सकरात्मक कदमको लागि राष्ट्रिय अपाङ्ग महासंघ नेपाल धन्यबाद ब्यक्त गर्दछ ।

  • स्थानीय तहको निर्वाचनमा अपाङ्गता भएका ब्यक्तिहरुको प्रतिनिधित्वको सुनिश्चितता गराउन ध्यानाकर्षण

    राष्ट्रिय अपाङ्ग महासंघ नेपालका केन्द्रीय अध्यक्ष श्री शुदर्सन सुवेदी सहितको प्रतिनिधि मण्डलले गृह राज्यमन्त्री माननीय इन्द्र बहादुर बाँनियालाई भेटी ध्यानाकर्षण पत्र बुझाएको छ…

  • कोरोना संक्रमण सम्बन्धी स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलन (सांकेतिक भाषासहितको भिडियो)

    कोरोना संक्रमण सम्बन्धी स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनलाई राष्ट्रिय अपाङ्ग महासंघ नेपालको तर्फबाट आज २०७६ चैत्र २५ बाट पहुँचयुक्त सांकेतिक भाषामा समेत प्रशारण…

  • कोरोना भाइरसबाट सुरक्षित हुनको लागि राष्ट्रिय अपाङ्ग महासंघ नेपालको अनुरोध

    हाल विश्व COVID-19 भन्ने नयाँ कोरोना भाइरसको चपेटामा परेको सबैलाइ जानकारी छ । संसार अहिले यो भाइरसको संक्रमणको महाविपत्तिको मारमा परेको छ । यो विज्ञप्ती तयार गर्दासम्म विश्वभरका १८५ देशका २,७६,००० भन्दा बढी मानिसहरू यसको संक्रमणमा परेका छन् भने ११,००० भन्दा बढीको मृत्यू भैसकेको छ । भाइरसको संक्रमण दक्षिण एशिया र अफ्रिकी राष्ट्रहरूमा क्रमश बढ्दै गएको हुनाले नेपालमा हालसम्म यसको संक्रमण खासै नदेखिएको भएतापनि कुनैपनि वेला यसको गंभीर संक्रमणमा पर्ने खतरा रहेको छ । तसर्थ यसको संक्रमणबाट बच्नको लागि देहायबमोजिम गर्नका लागि राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सबै अपाङ्गता भएका व्यक्ति, परिवारका सदस्य लगायत सम्बन्धित सबैमा अनुरोध गर्दछ ।

  • नतिजा प्रकाशन गरिएको बारे

    मितिः २०७९ माघ ४ गते महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको अपाङ्गता अ धिकार प्रर्वद्धन शाखामा रहेर कार्य गर्ने गरी राष्ट्रिय अपाङ्ग महासंघ…