यहि मिति २०७९/१०/१८ गते काठमाण्डौ महानगर पालिकाका नगर प्रहरीले काठमाण्डौको मखन तरणीबहाल मखनटोलबाट माक्स बिक्री गरि रहेका ह्विलचियर प्रयोगकर्ता अपाङ्गता भएको व्यापारीलाई धरकपड गर्दै ह्विलचियर सहित उचाली ट्रकमा लादेको घटना प्रति यस राष्ट्रिय अपाङ्ग महासंघ नेपालको गम्भिर ध्यानाकर्षण भएको छ । नेपाल समेत पक्षराष्ट्र भई हस्ताक्षर गरेको, अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी संयुक्त राष्ट्र संघीय महासन्धीको अपाङ्गता भएका व्यक्तिहरुको नैसर्गिक मर्यादाको सम्मान गरिनु पर्ने सिद्धान्त विपरित नगर प्रहरीहरुबाट ह्विलचियर प्रयोगकर्ता अपाङ्गता भएको व्यक्तिलाई गरिएको पासवीय व्यवहार निन्दाको बिषय मात्र नभई कानूनको घोर उनलंगन भएको त्यस्तो व्यवहार गर्ने व्यक्ति र निकायको अपराधिक कार्यलाई दण्डित गर्नुपर्छ भन्ने ठम्याई यस राष्ट्रिय अपाङ्ग महासंघको रहेको छ । दोलखा निवासी ह्विलचियर प्रयोगकर्ता डिल्ली बहादुर कार्कीले आफ्नो अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी ऐनको स्वोरोजगार सम्बन्धी हक प्रयोग गर्दै आफ्नो रोजीरोटीका लागि सडकमा खुद्रा व्यापार गरी माक्स वेची रहेको अवस्थामा महानगर पालिकाले नेपालको संविधान र कानून विपरित एक अशक्त अपाङ्गता भएको व्यक्तिलाई बल प्रयोग गरी ह्विलचियर सहित उठाएर ट्रकमा लादेको कुरा घोर अपमान जनक र विभेद युक्त रहेको छ । यस्तो घटना घटाउने नगर प्रहरी र सम्बन्धित निकायलाई तत्काल कार्वाहीको दायरामा ल्याईयोस् भनि राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सरकार समक्ष जोडदार माग गर्दछ । यस घटनाबाट अपाङ्गता भएका व्यक्तिको बेईजती नभई सम्पूर्ण सरकार र नेपाल राष्ट्रकै छवि एवं मानव अधिकारको उनलंगनको पर्दाफाँस भएको छ । यस घटनलाई काठमाण्डौ महानगर पालिकाले गम्भिरताका साथ लिई यस्तो आपराधिक कार्यमा संलग्न व्यक्तिलाई तत्काल कार्वाही गर्न जोडदार माग गर्दछौ । अन्यथा यस अपाङ्गता भएका व्यक्तिको हिंसाको घटनालाई अन्तर्राष्ट्रिय करण गर्दै त्यस विरुद्ध कानूनी उपचारमा जान राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बाध्य हुने कुरा स्पष्ट गर्दै यो प्रेस विज्ञप्ती जारी गरेका छौ । यस मानवता विरोधी कार्यको विरुद्धमा एक जुट भई ऐब्यबद्धता प्रकट गर्न राष्ट्रिय अपाङ्ग महासंघ नेपाल समस्त नेपाली दाजुभाई, दिदिबैनीहरु नागरिक समाज संचार माध्यम र सम्पूर्ण मानवता प्रेमी निकायहरु समक्ष हार्दिक अपिल समेत गर्दछ ।

Similar Posts

  • अपाङ्गता भएका व्यक्तिहरुको राष्ट्रिय सर्वेक्षण प्रश्नावलीको मस्यौदा तयारी विषयक छलफल

    राष्ट्रिय अपाङ्ग महासंघ नेपालले अपाङ्गता भएका व्यक्तिहरुको राष्ट्रिय सर्वेक्षण गर्नका लागि प्रयोग गर्ने प्रश्नावलीको मस्यौदा तयार गरेको छ । काठमाण्डौंमा एक कार्यक्रमको आयोजना…

  • Vacancy for different Positions at NFDN

    National Federation of the Disabled Nepal (NFDN) is the national umbrella organization of persons with disabilities representing more than 331 member organizations throughout the country. NFDN has been working for promoting the rights of persons with disabilities by contributing for disability inclusive development, ensuring representation of persons with disabilities in decision making process, capacity building of Disabled Peoples’ Organizations (DPOs) and other stakeholders, implementation of CRPD and disability specific national legal frameworks and awareness raising on disability rights. As the representative of most marginalized community NFDN is recognized as the pioneer and facilitator for bringing disability related policies and laws in Nepal.

  • Terms of Reference – Video Production

    National Federation of the Disabled Nepal (NFDN) is the national umbrella organization of persons with disabilities representing more than 335 member organizations throughout…

  • मानव अधिकार हनन सम्बन्धी उजूरी प्रकृया सम्बन्धी जनहितको सन्देश

    कोभिड १९ महामारीको समयमा विभिन्न हिंसाका घटनाहरु बढी भएको सामाचार हामीले पाएका छौं । महामारीमा सुरक्षित भइ कसरी उजूरी गर्ने भन्ने जानकारी सबै माझ पुर्याउने उद्देश्यले मानव अधिकार हननका उजूरी प्रकृया सम्बन्धी जनचेतनामूलक सन्देश तयार भएको छ । कतिपय अपाङ्गता भएका व्यक्तिहरु आफूलाई परेको हिंसाको बारेमा सम्बन्धित निकायमा उजूरी दिने प्रकृया थाहा नभएर न्यायबाट बञ्चित हुनु परेको मानव अधिकार हननका घटना संकलनको क्रममा देखिएको छ । अझ यस किसिमका घटनाहरु सार्वजनिक  हुने दरले लुकाउन र मिलाउन खोज्ने प्रवृत्ति पनि यथावत नै छ । मानव अधिकारको हनन भएको देख्ने सुन्ने स्वयम व्यक्ति, घर परिवार संरक्षक वा नागरिक समाजले पनि यस्ता घटनाहरुको समयमै आवाज उठाउनुपर्छ । यस्ता मानव अधिकार हननका घटनाहरुको सवालमा राष्ट्रिय मानव अधिकार आयोगले आफ्ना स्थानिय संरचनाहरु र संघीय स्तरमा उजूरी लिने सम्बन्धित निकायहरुसँग घटनाको सत्य तथ्य बझ्ने पिडितलाई उचित न्याय र  क्षतिपूर्तिको व्यवस्थाको लागि राज्यसँग पहलका कार्यहरु गर्दै आएको छ ।

  • १२ औं राष्ट्रिय जनगणना २०७८ मा अपाङ्गता भएका व्यक्तिहरूको सहभागीता बारे राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघीय अध्यक्षज्यूको सन्देश!

    नेपाल सरकारले मेरो गणना मेरो सहभागिता भन्ने मुल नाराका साथ १२ औं राष्ट्रिय जनगणना २०७८ को सुरुवात गरिसको छ । हामी सबैले हाम्रो घरदैलोमा आउने गणक र सुपरीवेक्षकलाई न हिच्किचाइ जानकारी दिई जनगणनालाई सफल पारौँ । सत्यतथ्य जानकारी दिई जनगणना सफल बनाउन हामी सबैले सक्रिय भूमिका निर्वाह गर्नुपर्दछ ।