यहि मिति २०७९/१०/१८ गते काठमाण्डौ महानगर पालिकाका नगर प्रहरीले काठमाण्डौको मखन तरणीबहाल मखनटोलबाट माक्स बिक्री गरि रहेका ह्विलचियर प्रयोगकर्ता अपाङ्गता भएको व्यापारीलाई धरकपड गर्दै ह्विलचियर सहित उचाली ट्रकमा लादेको घटना प्रति यस राष्ट्रिय अपाङ्ग महासंघ नेपालको गम्भिर ध्यानाकर्षण भएको छ । नेपाल समेत पक्षराष्ट्र भई हस्ताक्षर गरेको, अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी संयुक्त राष्ट्र संघीय महासन्धीको अपाङ्गता भएका व्यक्तिहरुको नैसर्गिक मर्यादाको सम्मान गरिनु पर्ने सिद्धान्त विपरित नगर प्रहरीहरुबाट ह्विलचियर प्रयोगकर्ता अपाङ्गता भएको व्यक्तिलाई गरिएको पासवीय व्यवहार निन्दाको बिषय मात्र नभई कानूनको घोर उनलंगन भएको त्यस्तो व्यवहार गर्ने व्यक्ति र निकायको अपराधिक कार्यलाई दण्डित गर्नुपर्छ भन्ने ठम्याई यस राष्ट्रिय अपाङ्ग महासंघको रहेको छ । दोलखा निवासी ह्विलचियर प्रयोगकर्ता डिल्ली बहादुर कार्कीले आफ्नो अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी ऐनको स्वोरोजगार सम्बन्धी हक प्रयोग गर्दै आफ्नो रोजीरोटीका लागि सडकमा खुद्रा व्यापार गरी माक्स वेची रहेको अवस्थामा महानगर पालिकाले नेपालको संविधान र कानून विपरित एक अशक्त अपाङ्गता भएको व्यक्तिलाई बल प्रयोग गरी ह्विलचियर सहित उठाएर ट्रकमा लादेको कुरा घोर अपमान जनक र विभेद युक्त रहेको छ । यस्तो घटना घटाउने नगर प्रहरी र सम्बन्धित निकायलाई तत्काल कार्वाहीको दायरामा ल्याईयोस् भनि राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सरकार समक्ष जोडदार माग गर्दछ । यस घटनाबाट अपाङ्गता भएका व्यक्तिको बेईजती नभई सम्पूर्ण सरकार र नेपाल राष्ट्रकै छवि एवं मानव अधिकारको उनलंगनको पर्दाफाँस भएको छ । यस घटनलाई काठमाण्डौ महानगर पालिकाले गम्भिरताका साथ लिई यस्तो आपराधिक कार्यमा संलग्न व्यक्तिलाई तत्काल कार्वाही गर्न जोडदार माग गर्दछौ । अन्यथा यस अपाङ्गता भएका व्यक्तिको हिंसाको घटनालाई अन्तर्राष्ट्रिय करण गर्दै त्यस विरुद्ध कानूनी उपचारमा जान राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बाध्य हुने कुरा स्पष्ट गर्दै यो प्रेस विज्ञप्ती जारी गरेका छौ । यस मानवता विरोधी कार्यको विरुद्धमा एक जुट भई ऐब्यबद्धता प्रकट गर्न राष्ट्रिय अपाङ्ग महासंघ नेपाल समस्त नेपाली दाजुभाई, दिदिबैनीहरु नागरिक समाज संचार माध्यम र सम्पूर्ण मानवता प्रेमी निकायहरु समक्ष हार्दिक अपिल समेत गर्दछ ।

Similar Posts

  • पहुँचयुक्त सार्वजनिक यातायातका लागि ध्यानाकर्षण

    राष्ट्रिय अपांग महासंघ नेपालका उपाध्यक्ष श्री टीका दाहालको नेतृत्वमा अपाङ्गता भएका व्यक्तिहरू को एक टोलीले मिति २०७४ माघ २ गते यातायात व्यवस्था विभागका…

  • दरभाउ पत्र (Quotation) आह्वानको सूचना (बज्रबाराही मन्दिर)

    ष्ट्रिय अपाङ्ग महासंघ नेपालले सीबीएमसँगको साझेदारीमा तल उल्लेख गरिए बमोजिमका निकाय अन्तर्गत रहेका केही संरचनाहरूलाई अपाङ्गता भएका व्यक्तिहरू लगायत सबैका लागि पहुँचयुक्त बनाउने…

  • बागमति प्रदेशको चौँथो साधारण सभा तथा दोस्रो अधिवेशन जानकारी सम्बन्धमा

    राष्ट्रिय अपाङ्ग महासंघ -नेपाल बागमति प्रदेश कार्यसमितिको निर्णय गरे बमोजिम मिति २०७८ साल पौष २ गते भित्र प्रतिनिधिको नाम पठाएका निम्न सदस्य संस्थाहरुले मात्र यहि मिति २०७८ साल पौष ९ र १० गतेका दिन हेटौडामा हुन गईरहेको राष्ट्रिय अपाङ्ग महासंघ -नेपाल बागमति प्रदेशको चौँथो साधारण सभा तथा दोस्रो अधिवेशनमा सहभागी हुन पाउने व्यहोरा जानकारी गराउँदछु ।

  • दरभाउपत्र पुन: आव्हानको सूचना (राधाकृष्ण मन्दिर, तार्केश्वर नगरपालिका)

    राष्ट्रिय अपाङ्ग महासंघ—नेपालबाट तारकेश्वर नगरपालिकास्थित राधाकृष्ण मन्दिर परिसरमा पहुँचयुक्त शौचालय निर्माणका लागी महासंघको बेवसाईट मार्फत असोज २ गते सूचना प्रकाशित गरिएकोमा पर्याप्त दरभाउपत्रहरु…

  • Press Release (11/30/2014)

    Press release issued by NFDN on the occasion of 22nd International Day of Persons with Disabilities. Language: Nepali Format: PDF Download Link

  • हार्दिक शुभकामना

    मिति २०७९/०५/१५ गते प्रजातन्त्रको पुनर्थापना पश्चात् जारी नेपाल अधिराज्यको संविधान २०४७ ले सुनिश्चित गरेका अधिकार प्रयोग गर्दै अपांगता क्षेत्रका तत्कालीन अभियन्ता र समाजसेवी…