प्रदेशको कानून/नीति/बजेट विश्लेषण सम्बन्धी ३ दिने क्षमता विकास तालिम सम्पन्न

 राष्ट्रिय अपाङ्ग महासंघ नेपाल संघीय कार्यलय र सीवीएम ग्लोवलको साझेदारीमा सञ्चालित वहुवर्षीय परियोजना “हामीलाई पनि समावेश गर” अन्तरगत कानून/नीति/बजेट विश्लेषण सम्बन्धी ३ दिने क्षमता विकास तालिम सम्पन्न गरिएको छ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल संघीय कार्यलय र सीवीएम ग्लोवलको साझेदारीमा सञ्चालित वहुवर्षीय परियोजना “हामीलाई पनि समावेश गर” अन्तरगत कानून/नीति/बजेट विश्लेषण सम्बन्धी ३ दिने क्षमता विकास तालिम सम्पन्न गरिएको छ।
चितवनको होटल बाटिका सौराहामा होटेलमा मिति २०८० जेष्ठ ६ गते देखी ८ गते सम्म आयोजना गरेको प्रदेश स्तरका कानुन, नीति तथा बजेट सिआरपिडि अनुरुप विश्लेषणमा सम्बन्धी क्षमता विकास तालिममा ७ वटै प्रदेशवाट सहभागी, सहयोगी,दोभाषे, सहजकर्ता र व्यवस्थापक सहित ७८ जनाको सहभागी रहेको थियो।
कानुन नीति तथा बजेटको पुनरावलोकनका सैद्धान्तिक तथा व्यवहारिक पक्षको विश्लेषण गर्नुका साथै ७ वटा ग्रुपको निर्माण गरी छलफल एंव सामुहमा सहभागीहरुको बुझाइलाई सरलकृत गराएर प्रशिक्षक ज्युहरुले सहजिकरण गर्नु भएको थियो।
यस कार्यक्रमा ७ वटै प्रदेशमा निर्माण भई कार्यान्यनमा रहेको नीति तथा बजेटलाई सामुहिक अभ्यास मार्फत विश्लेषढ गरी समुह मार्फत नै प्रस्तुतीकरण गरिएको थियो।
तालिमको प्रशिक्षकहरुमा डा. विरेन्द्र राज पोखरेल, अधिवक्ता मुकुन्द हरि दाहाल,अधिवक्ता तेज कुमारी तिवारी र राष्ट्रिय अपाङ्ग महासंघ नेपालकी संघीय सदस्य श्री सावित्रा घिमिरे हुनुहुन्थ्यो। उहाहरुले अपाङ्गता सम्बन्धी बनेका राष्ट्रिय तथा अन्तराष्ट्रिय नीति तथा कानुनहरुको समिक्षा गर्दै मुलधारका कानून तथा निर्दिष्ट कानुनहरुको बारेमा जानकारी गराउदै सामुहिक कार्य मार्फत पहिचान गर्न लगाउनु भएको थियो।
यसरी सौहादपुर्ण वातावरणमा आयोजना भई समपन्न भएको कार्यक्रमको ऊद्घाटन सत्रमा संघीय अध्यक्ष श्री देवी दत्त आचार्य, वरिष्ठ उपाध्यक्ष राम कार्की, महासचिव सुगम भट्टराई, अनुसाशन समितिका संयोजक श्री देवी वहादुर पोखरेल, सदस्य श्री सुनिल यादवको उपस्थिति रहेको थियो। सो कार्यक्रमा ७ वटै प्रदेशका जन-वकालत संयोजक र कार्य समितिका ६ जना प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।




