लैङ्गिक हिंसा सम्बन्धी सचेतनामूलक भिडियो सन्देश!
मईराइट सँगको साझेदारीमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालद्वारा जनहितमा जारी यस भिडियोमा एक जना शारिरिक अपाङ्गता भएको महिला जसले आफ्नो सघर्षले शिक्षा हासिल गरी…
मईराइट सँगको साझेदारीमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालद्वारा जनहितमा जारी यस भिडियोमा एक जना शारिरिक अपाङ्गता भएको महिला जसले आफ्नो सघर्षले शिक्षा हासिल गरी…
बिक्रम संवत २०७८ साल कार्तिक २५ गतेबाट सञ्चालन भईरहेको राष्ट्रिय जनगणनामा सबै अपाङ्गता भएका व्यक्तिहरूको गणना सुनिश्चित गरौँ । यस राष्ट्रिय जनगणना देशै भरिका अपाङ्गता भएका व्यक्तिहरुको गणनामा कोही नछुटोस् भन्ने उद्देश्यका साथ राष्ट्रिय अपाङ्ग महासंघ नेपालले विभिन्न सचेतनामूलक सामग्रीहरु बनाइरहेको छ । यसै क्रममा राष्ट्रिय अपाङ्ग महासंघ गण्डकी प्रदेशले दुई वटा पोष्टरहरु (चित्रहरु) प्रकाशन गरेको छ ।
“मेरो जनगणना मेरो सहभागिता, राष्ट्रिय जनगणना २०७८” बिक्रम संवत २०७८ साल कार्तिक २५ गते देखि मंसिर ९ गते सम्म सञ्चालन हुन गईरहेको राष्ट्रिय जनगणनामा सबै अपाङ्गता भएका व्यक्तिहरूको गणना सुनिश्चित गरौँ ।
अपाङ्गता सम्बन्धी तथ्याङ्कको अभावमा अपाङ्गता भएका व्यक्तिको पक्षमा प्रभावकारी योजना, नीति र कार्यक्रम बन्न नसकिरहेको र उनीहरू राज्यबाट पाउने सेवा सुविधा र अवसरबाट बञ्चित भईरहेको वर्तमान परिप्रेक्षलाई मध्यनजर गर्दै सम्पूर्ण अपाङ्गता भएका व्यक्ति, उनीहरूका संघ-संस्था, यस क्षेत्रमा कार्यरत सम्पूर्ण सरोकारवाला, सञ्चार माध्यम, राजनैतिक दल, संघसंस्था, नागरिक समाज, नीजि क्षेत्र, अपाङ्गता भएका व्यक्तिका परिवार, आफन्त लगायत सबैले यस पटकको जनगणनामा अपाङ्गता भएका व्यक्तिको गणना सुनिश्चित गर्न र गराउन आ-आफ्नो क्षेत्रबाट पहल गर्न राष्ट्रिय अपाङ्ग महासंघ नेपाल हार्दिक अनुरोध गर्दछ ।
June 2021 राष्ट्रिय भवन संहितामा समेटिएका पहुँचयुक्ततासंग सम्बन्धित विषयबस्तुको समिक्षा गरि राष्ट्रिय—अन्तर्राष्ट्रिय अभ्यास अनुरुपका कुराहरुलाई भवन संहितामा समेट्न नेपाल सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले…
30 June 2021 महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयद्धारा तयार गरिएको र तत्कालिन मन्त्रिपरिषदद्धारा २०६९ साल फागुन ६ गते स्वीकृत गरि लागु गरिएको…
डाउनलोड लिङ्कहरू e-pub Format मा डाउनलोड गर्नुहोस् Microsoft Word Format मा डाउनलोड गर्नुहोस् कृपया Right Click गरेर Save link As … गर्नुहोस् ।
बिश्वब्यापी महामारी कोभिड १९ को प्रभाववाट नेपाल पनि अछुतो रहन नसकिएहेको अवस्थामा light for the world संगको सहकार्य, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल र ICCO Cooperation को साझेदारीमा संचालित परियोजा Covid -19 Response , Bridging (TO 16) अन्तर्गत तयार पारिएको सचेतना मुलक रेडियो संदेश सिन्धुपाल्चोक जिल्लामा Radio sindhu 105 MHz र काभ्रे जिल्लामा Radio Namobuddha वाट प्रसारण हुदै आइरहेको छ ।
अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ को दफा ६० ले दिएको अधिकारको प्रयोग गरी अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी नियमावली, २०७७ नेपाल राजपत्रको २०७७ साल भदौं १ गते यो नियमावली नेपाल सरकारले जारी गरेको छ ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपालले क्रिश्चियन एडको सहयोगमा कोभिड प्रतिकार्यको लागि सचेतनामूलक चित्र तयार गरेको छ । यस सचेतनामूलक चित्रमा स्वास्थ्य सेवा र उपचारमा संलग्न सम्पूर्ण निकायहरुले सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य सेवा, सुविधा, उपचार तथा परामर्शको क्रममा उनीहरुका विशिष्ट आवश्यकतालाई ध्यान पुर्याइ काम गर्ने बारेमा देखाइएको छ ।