Similar Posts

  • अपाङ्गता भएका ब्यक्तिको अधिकार सम्बन्धी नियमावली २०७६ सम्बन्धी प्रेस बिज्ञप्ती

    अपाङ्गता भएका ब्यक्तिको अधिकार सम्बन्धी बिधेयक २०७४ श्रावण २२ गते प्रतिनिधि सभाबाट अनुमोदन भइ २०७४/६/२९ गते सम्माननीय राष्ट्रपति ज्यूबाट प्रमाणिकरण भएपछि औपचारिक रूपमा उक्त विधेयक ऐनको रूपमा लागू भएको हो । सो ऐनको दफा १ मा यो ऐन प्रमाणीकरण भएको एकानब्बेऔँ दिन देखी लागू हुनेछ भन्ने उल्लेख छ र ऐनमा व्यवस्था भए अनुसार ऐनलाइ पूर्ण रूपमा कार्यान्वयन गर्न चाहिने नियमावली सो अवधिमा बनाइसक्नुपर्ने प्रावधान समेत राखिएको छ । तर ऐन पारित भएको तिन बर्षपछि मात्र आम अपाङगता भएका ब्यक्तिहरुको प्रतिक्षाको रुपमा रहेको नियमावली २०७७ श्रावण ५ गते मन्त्री परिषद्ले पारित गरि २०७७/५/१ गते नेपाल राजपत्रद्धारा सार्वजनिक गरेको छ । यस परिप्रेक्षमा सर्वप्रथम नियमावलीले पूर्ण अशक्त र अति अशक्त अपाङ्गता भएका ब्यक्तिहरुलाइ सेवा सुविधामा प्राथमिकतामा राख्ने र उनीहरूलाई सेवा सुविधामा पहुँच पुर्याउन विशेष व्यवस्थाहरू गर्ने गरि राखिएका प्रावधानहरूको राष्ट्रिय अपाङ्ग महासंघ नेपाल स्वागत गर्दछ । तर, अपाङ्गता भएका ब्यक्तिको अधिकार सम्बन्धी ऐन २०७४ ले तोक्नु भनेका धेरै विषयहरू, नेपालको संविधानमा भएका व्यवस्था र नेपाल सरकारको नियमित नीति, कार्यक्रम, बजेट र पहिलेदेखिनै गर्दै आएका राम्रा अभ्यासहरुलाई भने नियमावलीले पूर्ण रुपमा समेटन् सकेको छैन ।

  • अपाङ्गता भएका ब्यक्तिहरुको २९ औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम

    मिति: १८ मंसिर २०७७ अपाङ्गता भएका ब्यक्तिहरुको २९ औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा आयोजित र राष्ट्रिय अपाङ्ग महासंघ…

  • कोभिड १९ कोरोना भाइरस बिरुद्धको प्रेस विज्ञप्ती

    कोभिड १९ कोरोना भाइरस संक्रमणसँग बिश्व संघर्ष गरिरहेको छ । संक्रमणको महामारिले यो प्रेस बिज्ञप्ती तयार गर्दा सम्म ३९१०५ भन्दा वढीको मृत्यु ८०२७३६ भन्दा वढी संक्रमित देखिएका छन् । सम्पूर्ण नेपाली नागरिक, अपाङ्ता भएका ब्यक्तिहरु हाल कोरोना भाइरसबाट उत्पन्न महामारीसँग लडिरहेको र यस घडिमा नेपाल सरकारले नागरिकहरुको जिवनरक्षाको लागि गरिरहेको प्रयासको लागि राष्ट्रिय अपाङ्ग महासघ नेपालको तर्फबाट हार्दिक धन्यबाद दिदै, सम्पूर्ण नागरिकहरुलाई धैर्यधारण गर्न अपिल गर्दछ । यस संकटको घडीमा सरकारले सामाजिक संरक्षण तथा राहत प्याकेजका स्वागतयोग्य  कार्यक्रमहरु पनि घोषणा गरेको छ । तर अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक, बालबालिका, दिर्घरोगी बिरामी, गर्भवति तथा सुत्केरी महिला, बेसहारा बालबालिका, अभिभावक बिहिन बालबालिका र शिशुका लागि र मजदुरहरु,  सुकुम्वासी, यौनिक तथा लैंगिक अल्पसंख्यक बर्ग समुदायमासम्म प्रभागकारी ढंगले पुग्ने र पुर्याउने कुरामा बिश्वास छ  ।

  • महासंघको विभिन्न पदमा कर्मचारी छनोट सम्बन्धी सूचना

    राष्ट्रिय अपाङ्ग महासंघ नेपालको तर्फबाट २०७६ साउन २ गते (१८ जुलाई २०१९) र २०७६ असोज १४ गते (१ अक्टोबर २०१९) मितिमा राष्ट्रिय दैनिक…

  • झूम इन्टरनेशनलले “अन्तर्राष्ट्रिय स्तरको प्रतिभा खोज”

    सूचना !! सूचना !! सूचना !! शान्तिधाम फाउन्डेशन, भुवनेश्वर, भारतद्वारा प्रस्तुत झूम इन्टरनेशनल प्रतियोगिता सन् २०२२-२०२३ का लागि विभिन्न ठाउँहरुबाट अपाङ्गता भएका व्यक्तिहरू…