समाबेशी शिक्षा सम्बन्धी तीन दिने प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न
राष्ट्रिय अपाङ्ग महासंघ नेपालले माइराईटको सहकार्यमा विभिन्न प्रदेशका सहभागीहरुलाई तीन दिने प्रशिक्षक प्रशिक्षण (MTOT) पहिलो चरणको तालिम मिति २०७६ जेठ २७ गते देखि २९ गते काठमाडौंमा सम्पन्न भएको छ । उक्त तालिममा बिषय बिषेशज्ञको डा. वासुदेव काफ्ले गर्नुभएको थियो । तालिममा समावेशी शिक्षा के हो ? यसको उत्पति, सिद्दान्त देखि लिएर हामीले चाहेको समाबेशी शिक्षाको लागि राज्य, समुदाय, परिवार तथा विद्यालयको भूमिका, समाबेशीकरण र वहिष्करणको अवधारणा, समाबेशिकरणको सिद्दान्तहरु, नेपालमा समाबेशिताको लागि नीति तथा कानूनी आधारहरु, समाबेशी शिक्षा, इतिहास , परिभाषा, मुल्य तथा सिद्दान्तहरु विविधताको अबधारणा र यसको व्यवस्थापन, अपाङ्गता भएका बालकालिकाहरुको शिक्षाको लागि हुने अबरोधहरुको पहिचान (राज्य, परिवार, समूदाय र बिद्यालय) सम्भावित उपायहरुको बारेमा छलफल भएको थियो ।
समाबेशी शिक्षा सम्बन्धी तीन दिने प्रशिक्षक प्रशिक्षण तालिममा बिषय बिषेशज्ञको रुपमा डा. वासुदेव काफ्ले तालिम संचालन गर्नुहुदैं
