१०औं महाधिवेशन तथा २३औं बार्षिक साधारण सभा सम्बन्धि सूचना
सूचना ! सूचना ! ! सूचना ! ! !
राष्ट्रिय अपाङ्ग महासंघ नेपालको १०औं महाधिवेशन तथा २३औं बार्षिक साधारण सभा आगामी २०८२/१२/२७ र २८ गते बुटवल(रुपन्देही जिल्ला)मा तपशिल बमोजिमका एजेन्डा सहित आयोजना गरिने हुँदा राष्ट्रिय अपाङ्ग महासंघ नेपालमा आवद्ध सबै सदस्य संस्थाहरुको जानकारीको लागि राष्ट्रिय अपाङ्ग महासंघ नेपालको बिधान २०५०को पाँचौ संशोधन २०७४ को दफा ११ (१) को (ङ) बमोजिम यो ३५ दिने सूचना प्रकाशित गरिएको छ ।
तपशिल :
१. २३औं बार्षिक साधारण सभा तथा १० औं महाधिवेशनमा छलफल गरिने एजेन्डाहरु:
(क) कार्य प्रगति प्रतिवेदन र भावी कार्ययोजना
(ख) आर्थिक प्रगति प्रतिवेदन र भावी अनुमानित बजेट
(ग) लेखा परीक्षकको नियुक्ति सम्बन्धमा ।
२. २३औं बार्षिक साधारण सभा तथा १० औं महाधिवेशनमा आवद्ध सदस्य संस्थाहरुबाट प्रतिनिधि पठाउँदा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको बिधान २०५०को पाचौ संशोधन २०७४ बमोजिम बिधानको परिच्छेद ४ को दफा ११ (१) (क) बमोजिम प्रतिनिधि छनोट गरि पासपोर्ट साइजको १ प्रति फोटो सहित सम्बन्धित संस्थाको लेटर हेडमा लेखि पठाउनुपर्नेछ । साथै कार्यक्रम स्थलमा भाग लिन आउदा आफ्नो परिचय खुल्ने कागजात आफ्नो साथमा अनिवार्य ल्याउनु पर्नेछ । अन्यथा व्यक्ति स्वयं जवाफदेही हुनुपर्नेछ ।
३. राष्ट्रिय अपाङ्ग महासंघ नेपालको बिधान २०५०को पाचौ संशोधन २०७४ को परिच्छेद ४ को दफा ११ (१) (च) मा उल्लेख भए बमोजिम साधारण सभा तथा महाधिवेशनमा आउदा जाँदा र आवास लगाएत सम्पूर्ण खर्च स्वयम् व्यक्ति वा सम्बन्धित सदस्य संस्थाले व्यहोर्नुपर्नेछ ।
४. प्रतिनिधिको नामावली पठाउदा सम्बन्धित प्रदेशको वा संघको इमेल मार्फत पठाउनु पर्नेछ । थप जानकारीको लागि राष्ट्रिय अपाङ्ग महासंघ नेपाल प्रदेशका प्रदेश व्यवस्थापक लाई सम्पर्क गर्न सक्नुहुनेछ ।
• कोशी प्रदेश फोन: ९८२७९१३३२४ इमेल : province1@nfdn.org.np
• मधेश प्रदेश फोन: ९८४७९१५५११ इमेल : province2@nfdn.org.np
• बाग्मती प्रदेश फोन: ९८५१२४९३७० ९८४३६५०२२३ इमेल : province3@nfdn.org.np
• गण्डकी प्रदेश फोन: ९८४६८५२८०० इमेल : gandaki@nfdn.org.np
• लुम्बिनी प्रदेश फोन: ९७६८३१७४१८ इमेल : province5@nfdn.org.np
• कर्णाली प्रदेश फोन: ९८५१२१९९९२ इमेल : karnali@nfdn.org.np
• सुदुरपस्चिम प्रदेश फोन: ९८५८४२३३४६ इमेल : province7@nfdn.org.np
• संघिय कार्यालय फोन : ९८५८०२४६३४; ९८५१२३६१५९ इमेल : dcc.iu@nfdn.org.np
५. सार्वजनिक अभियोग प्रमाणित भएका वा महासंघ बाट निस्कासन/निलम्बन/कारवाही गरिएका व्यक्तिहरु प्रतिनिधि भइ आएमा स्वत रद्द गरिने छ ।
६. राष्ट्रिय अपाङ्ग महासंघ नेपालको उक्त साधारण सभा तथा महाधिवेशनमा आवद्ध सदस्य संस्थाहरुबाट प्रतिनिधि पठाउँदा २०८२/१२/२१ गते सम्म पठाई सक्नु पर्नेछ । अन्यथा संस्था साधारण सभा तथा महाधिवेशनमा सहभागी गराइने छैन ।
………………
रमेश पोखरेल
प्रवक्ता


