राष्ट्रिय अपाङ्ग महासंघ नेपालको अनुरोध खोप केन्द्रमा अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकता दिउँ । खोप केन्द्रहरुमा सबैले सहज र पहुँचयुक्त रुपमा पुगी खोप लिन सक्ने वातावारण बनाऔँ । खोप केन्द्रको पार्किङ्ग स्थल अपाङ्गता भएका व्यक्तिहरु सहित सबैको सहज पहुँच भएको ठाउँमा व्यवस्था गरौं । स्वास्थ्य मन्त्रालय तथा अन्य आधिकारी निकायहरुबाट जारि गरिएको सुचनालाई पहुँचयुक्त ढाँचामा प्रकाशन र सम्प्रेषण गरौं । तथ्याङ्क सङ्कलन गर्दा अपाङ्गताको आधारमा पनि तथ्याङ्क लिने गरौं ।

Similar Posts

  • अपांगता भएका व्यक्तिको मानव अधिकार सम्बन्धी प्रादेशिक सम्मेलन सम्पन्न (बिराटनगर घोषणपत्र सहित)

    राष्ट्रिय मानव अधिकार आयोगको आयोजना र राष्ट्रिय अपांग महासंघ नेपालको समन्वयमा अपांगता भएका व्यक्तिको मानव अधिकार सम्बन्धी प्रदेश नं. १ मा प्रादेशिक सम्मेलन…

  • कोभिड १९ प्रतिकार्य सम्बन्धी महासंघको सूचना (सांकेतिक भाषासहित)

    कोभिड १९ सम्बन्धी राष्ट्रिय अपाङ्ग महासंघ नेपालका महासचिव श्री राजु बस्नेतले सांकेतिक भाषा सहितको भिडियो मार्फत सूचना सन्देश दिनुभएको छ ।  यस सन्देशलाई महासंघको युवटुभ (You tube) मा देहायबमोजिमको लिङ्कमा  पनि गइ जानकारी लिन सक्नुहुनेछ । कृपया यस सूचनालाई सेयर गरी सबैलाई सूसुचित गर्न र गराउन अनुरोध छ । सुरक्षित रहौं । आफु बचौं र अरुलाई पनि बचाऔं ।।

  • अपाङ्गता परिचय पत्रको लागि सरकारको ध्यानकर्षण

    राज्य एकात्मक शासन प्रणालिबाट संघीय शासन प्रणालिमा रुपान्तरण भइरहेको सन्दर्भमा महिला तथा बालबालिका कार्यालयहरु २०७४ चैत्र २८ गतेबाट खारेज भएका छन् । स्थानीय…

  • आगामी तिन बर्षकालागी महासंघको ‍कार्यदिशा

    राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष देवीदत्त आचार्य नेतृत्वको नवनिर्वाचित कार्यसमितीले आगामी ३ वर्षको लागि सँस्थाको कार्यदिशा तयार गरेको छ । यस कार्यदिशालाई डाउनलोड…

  • वकालत तथा पैरवीका लागि स्थानिय OPD’s हरु सँग साझेदारी कार्यक्रमका लागि सुचना

    राष्ट्रिय अपाङ्ग महासंघ नेपाल देशैभरी छरिएर रहेका अपाङ्गता भएका व्यक्तिको हक अधिकारको संरक्षण गर्न वि. स.२०५० सालदेखि निरन्तर कृयाशिल एकमात्र राष्ट्रिय छाता संस्था…

  • कोभिड बिरुद्ध खोप बारे प्रेश बिज्ञप्ती  

    अपाङ्गता भएका ब्यक्तिहरुको अधिकार सम्बन्धी महासन्धी, नेपालको संबिधान लगायतका कानूनहरुले अपाङ्गता भएका ब्यक्तिहरु समाजका अन्य नागरिक भन्दा शिक्षा, स्वास्थ्य, रोजगारी, सञ्चार, गमनशिलता, सामाजिक साँस्कृतिक र राजनैतिक सहभागीतामा समेत पछी परेका छन् भन्ने कुरा स्वीकार गरी नेपालको संविधानमा नै सामाजिक न्याय र सामाजिक सुरक्षा मौलिक हकको रुपमा राखिएको छ । उल्लेखित सेवा सुविधाबाट बञ्चितिकरणमा परेका कारण अपाङ्गता भएका ब्यक्तिहरुको रोग प्रतिरोधात्मक क्षमता समेत कमी हुँदा कोरोनाको थप जोखिममा रहेका हुन्छन ।