लिखित तथा अन्तर्वार्ताका लागि सूचना !
मिति: २०८३ साल कार्तिक १७ गते
राष्ट्रिय अपाङ्ग महासंघ नेपालले CBM Global Disability Inclusion संगको साझेदारीमा संचालन गरिरहेको हामीलाई पनि समावेश गर “Include Us Phase II” परियोजना अन्तर्गत “परियोजना संयोजक” पदका लागि मिति २०८३ आश्विन १६ गते (2 October 2026) मा प्रकाशित विज्ञापन अनुसार प्राप्त दरखास्तहरू मध्ये पदपूर्ति समितिले मूल्याङ्कन गरी योग्य उम्मेदवारहरूको छोटो सूची (Short List) तयार गरेको छ ।
छोटो सूचीमा पर्न सफल हुनुभएका सबै उम्मेदवारहरूलाई राष्ट्रिय अपाङ्ग महासंघ नेपालको तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै उम्मेदवारहरूलाई निम्न विवरण अनुसारको लिखित परीक्षा र अन्तर्वार्ताका लागि उपस्थित हुन जानकारी गराइन्छ ।
उम्मेदवारहरूले परीक्षा र अन्तर्वार्तामा उपस्थित हुँदा आफ्नो शैक्षिक प्रमाणपत्र, नागरिकता प्रमाणपत्र, कार्य अनुभवको प्रमाणपत्र तथा अपाङ्गता परिचयपत्र (अपाङ्गता भएका उम्मेदवारहरूको हकमा) सक्कल प्रतिलिपिहरू साथमा ल्याउन पर्नेछ ।
लिखित परीक्षा र अन्तर्वार्ताको विवरण:
मिति: २०८३ कार्तिक १९ गते, बिहिबार (5 November, 2026)
स्थान: राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, रातोपुल, काठमाडौं ।
लिखित परीक्षा सुरु हुने समय: बिहान ८:०० बजे देखि १०:०० बजे सम्म ।अन्तर्वार्ता सुरु हुने समय: मध्यान्ह ११:०० बजे देखि ।
नोट: अपाङ्गता भएका उम्मेदवारहरूको हकमा लिखित परीक्षा तथा अन्तर्वार्ताका क्रममा उपयुक्त अनुकूलता (Reasonable accommodation) को व्यवस्था गरिनेछ ।
Name List of Short-Listed Candidates.
| S.N. | Name of Candidate | Address |
| 1 | Darshana Adhikari | Itahari, Sunsari |
| 2 | Deepa Rai | Kathmandu |
| 3 | Prakash Maharjan | Patan Sundhara, Lalitpur |
| 4 | Radha oli | Patan-6 Baitadi Sudurpachim |
| 5 | Roshan Neupane | Sundarharaicha-6, Morang, Nepal |
| 6 | Sheela Gyanwali | Kathmandu, Mulpani |
| 7 | Shyam Singh Dhami | Suryavinayak, Bhaktapur |
………..
कुमार रेग्मी
महासचिव

