Similar Posts

  • “मेरो जनगणना मेरो सहभागिता, राष्ट्रिय जनगणना २०७८”

    “मेरो जनगणना मेरो सहभागिता, राष्ट्रिय जनगणना २०७८” बिक्रम संवत २०७८ साल कार्तिक २५ गते देखि मंसिर ९ गते सम्म सञ्चालन हुन गईरहेको राष्ट्रिय जनगणनामा सबै अपाङ्गता भएका व्यक्तिहरूको गणना सुनिश्चित गरौँ ।

    अपाङ्गता सम्बन्धी तथ्याङ्कको अभावमा अपाङ्गता भएका व्यक्तिको पक्षमा प्रभावकारी योजना, नीति र कार्यक्रम बन्न नसकिरहेको र उनीहरू राज्यबाट पाउने सेवा सुविधा र अवसरबाट बञ्चित भईरहेको वर्तमान परिप्रेक्षलाई मध्यनजर गर्दै सम्पूर्ण अपाङ्गता भएका व्यक्ति, उनीहरूका संघ-संस्था, यस क्षेत्रमा कार्यरत सम्पूर्ण सरोकारवाला, सञ्चार माध्यम, राजनैतिक दल, संघसंस्था, नागरिक समाज, नीजि क्षेत्र, अपाङ्गता भएका व्यक्तिका परिवार, आफन्त लगायत सबैले यस पटकको जनगणनामा अपाङ्गता भएका व्यक्तिको गणना सुनिश्चित गर्न र  गराउन आ-आफ्नो क्षेत्रबाट पहल गर्न राष्ट्रिय अपाङ्ग महासंघ नेपाल हार्दिक अनुरोध गर्दछ ।

  • समाबेशी शिक्षा सम्बन्धी तीन दिने प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न

    राष्ट्रिय अपाङ्ग महासंघ नेपालले माइराईटको सहकार्यमा विभिन्न प्रदेशका सहभागीहरुलाई तीन दिने प्रशिक्षक प्रशिक्षण (MTOT) पहिलो चरणको तालिम मिति २०७६ जेठ २७ गते देखि…

  • राष्ट्रिय अपाङ्ग महांसघ नेपाल गण्डकी प्रदेशको सूचना

    राष्ट्रिय अपाङ्ग महासंघ नेपाल गण्डकि प्रदेश कार्य समितिको मिति २०७८ पौष १३ गते पोखरामा बसेको ११औँ पूर्ण बैठकले यस समितिको दोस्रो अधिवेशन आगामि पौष २९ र ३० गते पोखरामा आयोजना गर्ने निर्णय गरेको कुरा  जानकारि गराउन चाहन्छु।  उक्त अधिवेशनका लागि राष्ट्रिय अपाङ्ग महासंघ नेपालको बिधान २०५० पांचौँ सम्सोधन २०७४ को दफा ११ को उपदफा  १ (क) अनुसार  संस्थाबाट एक जना महिला र एक जना पुरुष प्रतिनिधि, पत्र प्राप्त भए पश्चात बसेको कार्य समितिको बैठकको निर्णयको प्रतिलिपि, संस्थाको आधिकारिक लेटर प्याडमा अध्यक्ष वा सचिवले हस्ताक्षर गरेको पत्र, प्रतिनिधिको अपाङ्गता परिचय पत्रको प्रतिलिपि र २ प्रति फोटो  र प्रतिनिधि  फाराम भरि आगामि पौष २५ गते भित्र महासंघ गण्डकी प्रदेश कार्यालय  तेर्सापट्टि पोखरा वा gandaki@nfdn.org.np मा पठाइदिनु हुन अनुरोध गरिन्छ ।